site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
तीज मेला भदौ १० गतेदेखि
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । तीजको अवसर पारेर राजधानीमा ‘१२ औं तीज मेला तथा अन्तर्राष्ट्रिय व्यापार मेला २०७६’ आयोजना हुने भएको छ । मेला त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड टे«ड सेन्टरमा भदौ १० देखि १४ गतेसम्म हुनेछ ।

मेलाको तयारी पूरा भएको इभेन्ट म्यानेजर इन्ट्रोडक्सन ट्रेड शो नेपाल प्रालिले जनाएको छ । मेलामा यो वर्ष सयभन्दा बढी कम्पनी तथा संघसंस्थाहरुको सहभागिता हुनेछ भने ५० हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको छ । मेला संयोजक सुमन महर्जनले तीज मेला मेलाको रुपमा मात्र नभई महिलाहरुलाई व्यावसायिक बनाउने र अवसर नपाएका महिला उद्यमीहरुलाई प्रवद्र्धन गर्ने माध्यम भएको बताए । 

मेलामा निःशुल्क फोटो सुट, लक्की ड्र, डोर प्राइज, निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श, निःशुल्क मेहन्दी लगाउने कार्यक्रम, निःशुल्क कपाल कटिङ कार्यशाला, बालबालिकाका लागि गेमिङ्ग जोन, लाइभ म्युजिक तथा सांस्कृतिक कार्यक्रम पनि राखिएको आयोजकले बताएको छ ।  नेपाल चेम्बर अफ कमर्सले सहयोग गरेको मेलामा पाकिस्तानबाट १२, भारतबाट १२, बंगलादेशबाट १२ तथा नेपालीहरुका ७० वटा गरी १०६ स्टल रहने छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २९, २०७६  १२:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC