हजार्डको ठाउँ लिन असम्भव छः लाम्पार्ड 

हजार्डको ठाउँ लिन असम्भव छः लाम्पार्ड 

एजेन्सी । चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्डले आफ्ना पूर्वखेलाडी इडेन हजार्डको ठाउँ अरु खेलाडीले लिन असम्भव रहेको बताएका छन् । हजार्ड यसै सिजनबाट स्पेनिस क्लब रियाल मड्रिडमा आबद्ध भएका छन् । सन् २०१२ मा चेल्सीमा आएका इडेन हजार्ड ७ वर्षपछि स्पेनिस क्लब रियालमा १ सय मिलियन युरोमा अनुबन्धित भएका हुन् । 

२०१८–२०१९ को सिजनमा हजार्डले प्रिमियर लिगमा १६ गोल र १५ एसिस्ट गरेका थिए । हजार्डले चेल्सीलाई २ प्रिमियर लिग टाइटल र २ युरोप लिग जिताएका थिए । 

“म चेल्सीको समर्थकको रुपमा इडेन हजार्डको समर्थक हुँ, मैले उनीसँग पनि खेलेको छु,“ प्रशिक्षक लाम्पार्डले थपे, “मेरो लागि फुटबलमा विश्वका उत्कृष्ट खेलाडी हुन्, अन्तिम सिजनमा मात्र नभई चेल्सीमा बिताएको समयभरमा उनी उत्पादनशील खेलाडीको रुपमा रहे ।”  

उनले व्यक्तिगत रुपमा हजार्डको स्थान अरु कसैले लिन नसक्ने बताएका छन् । “व्यक्तिगत रुपमा कसैले हजार्डको स्थान लिन सक्दैन, मलाई लाग्छ यो असम्भव हो किनभने उनले निकै उत्कृष्ट खेलाडीको रुपमा ख्याति कमाएका छन् ।” 

गएको आइतबार हजार्डबिनाको चेल्सी प्रिमियर लिगको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडद्वारा ४–० ले पराजित भएको थियो । 


 

प्रतिकृया दिनुहोस
ad