भलिबल खेलाडी कोपिला गृहनगरमा सम्मानित

भलिबल खेलाडी कोपिला गृहनगरमा सम्मानित

काठमाडौं । भलिबल खेलाडी कोपिला उप्रेतिसहित ३ खेलाडी गृहनगरमा सम्मानित भएका छन् । चक्रदेवी सामुदायिक समाज सिद्धलेक धादिङले कोपिलासहित एथलेटिक्स खेलाडी सन्तोषी श्रेष्ठ र भलिबल खेलाडी शरण सामरीलाई सम्मान गरेको हो ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय पदक दिलाउन महत्वपूर्ण योगदान दिएको भन्दै समाजले ३ खेलाडीलाई जनही १५ हजार रुपैयाँसहित सम्मानपत्रबाट सम्मान गरेको छ । नेदरल्यान्ड्स भलिबल संघका म्यानेजर पिटर भान तरेल र समाजसेवी रामबहादुर सिलवाल लगायत सामुदायिक समाजका अधिकारीले सम्मान गरेका थिए ।
 

प्रतिकृया दिनुहोस
ad