site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अभिभावकलाई फिल्म पढाउँदै अस्कर कलेज, अभिनय गरेर पनि देखाउने
Sarbottam CementSarbottam Cement

काठमाडौं । अस्कर कलेज अफ फिल्म स्टडिजका विद्यार्थीले अभिभावकलाई पनि चलचित्रबारे बुझाउने भएका छन् । अस्कर कलेज अफ फिल्म स्टडिजले आउँदो शनिबार अभिभावकलाई फिल्म मेकिङबारे जानकारी दिन लागेको हो । 

ओपन हाउस इभेन्टमा अस्कर कलेज अफ फिल्म स्टडिजमा पढ्ने विद्यार्थीका अभिभावकलाई पनि फिल्म निर्माणका मुख्य विधामा जानकारी गराइनेछ । कलेजले गत सालबाट ओपन हाउस इभेन्टको सुरु गरेको हो । यसमा एक दिनका लागि चलचित्रका विभिन्न विधाको बारेमा जानकारी गराइन्छ । यस अवसरमा सर्वसाधारणले पनि कलेज वा युनिभर्सिटीका बारेमा प्रत्यक्ष जानकारी लिन पाउँछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कलेज तथा युनिभर्सिटीका बारेमा आम मानिसलाई एक मुष्ट जानकारी दिन विदेशमा ओपन हाउस इभेन्ट गर्ने प्रचलन छ । अस्कर कलेज अफ फिल्म स्टडिजले यसकै सिको गरेको हो । 

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिई ब्याचलर लेभलको कोर्स पढाउँदै आएको कलेजले शनिबार आगन्तुकलाई चलचित्र निर्माणको सुरुआतदेखि पछिल्लो समयको प्रविधि भीएफएक्सका बारेमा जानकारी गराउनेछ । ओपन हाउस इभेन्टमा कलेजका विद्यार्थी, अभिभावक तथा सर्वसाधारणले सहभागिता जनाउन पाउने कलेजका एकेडेमिक निर्देशक मनोजबाबु पन्तले जानकारी दिए । पन्तले चलचित्र निर्माणको सम्पूर्ण प्रक्रिया उक्त इभेन्टमा राखिने छ । पन्तले भने, “एउटा फिल्म हलमा लाग्नुभन्दा अगाडि के–के काम हुन्छ, यो दिन थाहा पाउन सकिन्छ ।” 

Global Ime bank

इभेन्टमा क्यामराको विकासक्रमलाई पनि सहभागीले अवलोकन गर्ने अवसर पाउनेछन् ।  कलेजले नेपालमा लामो समय प्रचलनमा रहेको सुपर सिक्स्टिनदेखि रेडहुँदै ड्रोन क्यामरासमेत प्रदर्शनका लागि राख्नेछ । क्यामरासँगै इभेन्टमा सहभागीलाई अभिनयको अनुभव पनि गराइने छ । कलेजका विद्यार्थीले आगन्तुकलाई अभिनयको शैली बुझाउन आफैंले अभिनय गरेर देखाउनेछन् । 

इभेन्टमा विद्यार्थीले खिचेका तस्बिर पनि प्रदर्शनीमा राखिने एकेडेमिक कोअर्डिनेटर नव श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार ओपन हाउसकै समयमा अस्कर कलेजकै विद्यार्थीले बनाएका सर्ट फिल्म पनि देखाइने छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २९, २०७६  १३:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC