site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सुनको मूल्य तोलामा सात सय घट्‍यो, व्यापार भने बढेन
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य केही घटेको छ । हिजो मंगलबार प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ७ सय घटेर प्रतितोला ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको उक्त मूल्य निर्धारण गरेको हो । त्यसैगरी, तेजावी सुनको मूल्य पनि घटेको छ । मंगलबार तेजावी सुन ७० हजार ७ सयमा कारोबार भएको थियो भने आजर ७ सय घटेर प्रतितोला ७० हजार रुपैयाँ निर्धारण भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

बाह्रखरीसँग कुरा गर्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार विश्वकर्माले विश्व बजारमा नै सुनको मूल्य घटेको बताए । विश्वकर्माका अनुसार सुनको मूल्य अझै घट्न सक्छ । “आज थोरै घटेको छ । २–४ दिनसम्म मूल्य घट्ने अनुमान गर्न सकिन्छ,” उनले भने ।

गत एक हप्तादेखि निरन्तर मूल्य बढेर रेकर्ड कायम भएको सुनको मूल्य बुधबार तोलामा ७ सयले घट्यो तर कारोबार भने न्यून नै रहेको छ । “मूल्य केही घट्यो तर कारोबार न्यून नै छ । २–४ दिन निरन्तर घट्छ भन्ने ग्राहकले अनुमान गरेका छन् । यस्तो सोचाइ सामान्य हो । त्यसले गर्दा कारोबार न्यून छ । तीज आउन लागिसकेकोले भोलिसम्म मूल्य घट्यो भने कारोबार बढ्छ,” उनले भने । आज १० देखि १२ किलोसम्म मात्र सुन किनबेच हुने अनुमान विश्वकर्माले गरेका छन् । 

Global Ime bank

नेपालमा दैनिक सरदर २० किलो सुन खपत हुने गरेको छ । मुख्य सिजनमा यो परिमाण ४० किलोसम्म पुग्छ । तर पछिल्लो एक हप्तामा सुनको मूल्य अकासिएसँगै कारोबार एकदमै न्यून थियो । तीजको सिजन सुरु भइसक्दा पनि काठमाडौंका सुन पसलमा ग्राहक नबढेको र किन्नेभन्दा बेच्ने बढी रहेको व्यवसायीहरुले बताएका छन् । 

पछिल्लो समय अमेरिका र चीनबीचको व्यापार युद्धको असर, इराक र अमेरीकाबीचको द्वन्द्व, आन्तरिक प्रतिस्पर्धा तथा विश्व बजारमा सेयर बजार कमजोर भएका कारण सुनको मूल्य बढेको बताइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २९, २०७६  १३:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC