site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘संविधानको भावनाविपरीत विधेयक आए’
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । राष्ट्रियसभाका सदस्य जितेन्द्रनारायण देवले सरकारले विधेयकहरु संविधानको भावना विपरीत ल्याएको आरोप लगाएका छन् । बुधबार राष्ट्रियसभामा बोल्दै कांग्रेस सांसद देवले सरकारले संविधानमा रहेको अधिकारको अनुसूचीको भावनाविपरीत विधेयकहरु ल्याएको र त्यसले ठूलो दुर्घटना निम्तन सक्नेतर्फ पनि सरकारको ध्यानाकर्षण गराए । 

राष्ट्रियसभा र प्रतिनिधिसभामा दर्ता भएका विधेयकहरु संविधानको भावना विपरीत भएको उनको जिकिर थियो । “संविधानअनुसार विधेयक नआउने र कानुनहरु नबन्ने हो भने भोलि संघीयताका लागि लडेका, गणतन्त्रका लागि लडेका समानुपातिक समावेशी लोकतन्त्रका लागि लडेका शक्तिहरुले भोलि के गर्लान् ?” सांसद देवले भने, “संविधानमा राखिएको अधिकारको अनुसूचीको भावनाविपरीत विधेयकहरु आएका छन् । प्रहरी विधेयक, कर्मचारी विधेयक, संघ, प्रदेश र केन्द्रको अधिकारसम्बन्धी विधेयक, मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानवअधिकार आयोग गठन विधेयक आदि संविधानमा राखिएको अधिकार सूचीको भावना विपरीत छन् ।” उनले समिति र संसदले केही विधेयक सच्याए पनि विधेयक ल्याउँदाको सरकारको मनसाय गलत रहेको आरोप लगाए । 

उनले सरकार ६ महिना लामो कुम्भकर्ण  निद्रामा सुतिरहेको आरोप लगाउँदै देशमा के भइरहेको छ सोबारे जानकारी छ कि छैन भन्दै प्रश्न पनि गरे । “राजनीतिक क्षेत्र अत्यन्त संवेदनशील अवस्था छ । यो सरकारको ध्यान त्यतातिर गइरहेको छ कि छैन ?,” उनने भने ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २९, २०७६  १३:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC