नेपालले मलेसियन क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने 

नेपालले मलेसियन क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने 

काठमाडौं । फिफा विश्वकप फुटबलको दोस्रो चरण छनोट तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले मलेसियन लिग च्याम्पियन टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । एन्फाले लिएको जानकारी अनुसार नेपाली टोलीले मलेसियन च्याम्पियन टोली जोहार डारुल ताजिम क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने भएको हो । 

जोहान कालिनको प्रशिक्षणमा रहेको नेपालले भदौ ९ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । त्यसपछि नेपालले विश्वकप छनोट खेल्नेछ । विश्वकप छनोटको समूह बी मा रहेका नेपालले कुवेतसँगै अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले सेप्टेम्बर ५ मा कुवेतसँग खेल्नेछ । 

प्रशिक्षक कालिनले खेललाई थप मजबुत बनाउन सहयोग पुग्ने बताएका छन् । पछिल्ला दुई खेलमा नेपालले कुवेतसँग १ खेलमा बराबरी र १ मा हार ब्यहोरेको छ । 


 

प्रतिकृया दिनुहोस
ad