छैटौं उपाधि जित्ने लक्ष्यमा लिभरपुल

छैटौं उपाधि जित्ने लक्ष्यमा लिभरपुल

एजेन्सी । छैटौं उपाधि जित्ने लक्ष्यमा रहेको लिभरपुल युइएफए सुपर कपको फाइनलमा चेल्सीसँग खेल्दैछ । पछिल्लो समय उसले २००५ मा उपाधि जितेको थियो । 

टर्कीको इस्तानबुलस्थित भोडाफन एरिना स्टेडियममा खेल नेपाली समयअनुसार आज मध्यराति पौने १ बजे सुरु हुनेछ । लिभरपुल युइएफए च्याम्पीयन्स लिगको विजेताका हैसियतले फाइनलमा पुगेको हो भने चेल्सी युरोपा लिगको च्याम्पीयन हो । चेल्सीले सुपर कपको उपाधि तीनपटक जितेको छ । 

इङ्लिस प्रिमियर लिगमा शानदार सुरुआत गरेको लिभरपुल उच्च मनोबलमा छ भने चेल्सी म्यानचेष्टर युनाइटेडसँग भोगेको हारको पीडा भुलाउने योजनामा छ । लिभरपुलले नर्विक सिटीलाई ४–१ ले पराजित गरेको थियो भने चेल्सीले म्यानचेस्टर युनाइटेडसँग ४–० लजास्पद हार व्यहोरेको थियो । 

प्रतिकृया दिनुहोस
ad