site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
 ‘फिल्म कल्चर’ विकास गर्न वीरगन्जमा चलचित्र महोत्सव
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र दिवसको अवसर पारेर नेपाल चलचित्र निर्माता संघले प्रदेश नं. २ मा चलचित्र महोत्सव आयोजना गर्ने भएको छ । प्रदेश नं. २ को वीरगन्जमा असोज १ बाट ३ गतेसम्म चलचित्र महोत्सव आयोजना गरिने भएको हो ।  

महोत्सवमा चलचित्रहरु प्रर्दशन गरिनुका साथै निर्माणमा सहयोग पुर्याउने उद्देश्यले वर्कसप समेत राखिने चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

“दिनको तीनवटाका दरले चलचित्र देखाउँछौं । दुईटाका दरले फरक खालका चलचित्र देखाएर त्यसमा छलफल चलाउने छौं,” अध्यक्ष अधिकारीले बाह्रखरीसँग भने । 

औधोगिक नगरी विरगन्जलाई चलचित्र नगरी बनाउने उद्देश्य रहेको भन्दै उनले सातवटै प्रदेशमा महोत्सव गर्दै जाने बताए । “नेपालभरका सबै कला, संस्कृति र साहित्य हाम्रै हुन् । वीरगन्जको कला संस्कृति काठमाडौंले थाहा पाउनुपर्छ, काठमाडौंको कला संस्कृति वीरगन्जले जान्नु पर्छ भन्ने हाम्रो उद्देश्य हो । तराई–मधेसका छुटेका विषय केन्द्रबाट बन्ने चलचित्रले समेट्नु पर्छ भन्ने पनि हाम्रो लक्ष्य हो,” अध्यक्ष आकाशले भने, “बजार खोज्ने त मुख्य लक्ष्य त हो नै । फिल्म कल्चर देशभर विकास हुनुपर्छ भन्ने हाम्रो जोड पनि हो ।” 

Global Ime bank

‘तराई पहाड हिमालको उत्सव नेपाली चलचित्र स्वर्णिम महोत्सव–२०७६’ नाम दिइएको महोत्सवमा ठूलो संख्यामा कलाकारहरुको उपस्थिती रहने उनले बताए ।  यसका लागि निर्माता संघले प्रदेश नम्बर २ का मुख्य मन्त्री लालबाबु राउत लगायतसँघ भेटेर छलफल गरिसकेकाे छ । 

महोत्सवलाई चलचित्र विकास बोर्ड तथा नेपाल उद्योग बाणिज्य महासंघले सह–आयोजना गर्दैछन् । 

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २९, २०७६  १४:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC