site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । द्वन्द्वपीडित राष्ट्रिय सञ्जालले सत्य निरुपण आयोग र बेपत्ता आयोगको सिफारिस समिति पुनर्गठन गर्न आग्रह गरेको छ । सञ्जालका महासचिव फडिन्द्र लुईंटेलद्वारा बुधबार जारी गरिएको वक्तव्यमा भनिएको छ,“ बेपत्ता पारिएका व्यक्तिको छानबिन एवं सत्यनिरूपण तथा मेलमिलाप आयोग २०७६ वैशाख १ गतेबाट खाली भई संबैधानिक प्रकृया अन्तर्गत नयाँ पदाधिकारीहरू सिफारिसका लागि सिफारिस समिति गठन भएको सबैमा विदितै छ । निकम्मा र नालायक सिद्ध भइसकेको वर्तमान सिफारिस समिति भङ्ग गरि पीडितहरूको सकृय सहभागितामा नयाँ सिफारिस समिति पुनर्गठन गर्न वर्तमान सरकारलाई द्वन्द्व पीडित राष्ट्रिय सञ्जाल गम्भीर ध्यानाकर्षण गराउँदछ ।”
वक्तव्यमा अगाडि भनिएको छ, “सम्मानित सर्वोच्च अदालतको फैसलालाई गाइडलाइन मान्दै अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको कानुनी संशोधनपछि मात्र आयोग गठन गर्न सरकार र राजनीति दलहरूलाई हामी गम्भीर ध्यानाकर्षण गराउँदछौं । वर्तमान जटिल परिस्थितिमा शान्ति प्रकृया पुनः भाँडिने हो कि भन्ने चिन्ता र चासो सर्वत्र फैलिएका बेला संक्रमणकालीन न्यायमा सरोकार राख्ने सबैले आफ्ना गतिविधिहरूमा सन्तुलन र पारदर्शिता अबलम्बन गर्दै जिम्मेवार र जवाफदेही बन्नुहुन हार्दिक अपिल गर्दछौं ।” 
वक्तव्यमा अगाडि भनिएको छ, “प्रचण्डको स्थगित अष्ट्रेलिया भ्रमण र कर्णेल कुमार लामा प्रकरणले अन्तर्राष्ट्रिय जगत आकर्षित भएको यस घडीमा विश्वव्यापी अन्तर्राष्ट्रिय क्षेत्राधिकार अन्तर्गत हेग पनि पर्छ भन्ने कुरा हामीले भुल्नु हुँदैन । तसर्थ देशभित्रै समस्या समाधानका लागि पीडित केन्द्रीत न्यायीक प्रकृया तत्काल थाल्न सरकारलाई र वार्ताको माध्याद्वारा शान्तिपूर्ण राजनीतिको मुलधारमा आउन सशस्त्र द्वन्द्वरत र सरोकारवाला पक्ष सबैमा आग्रह गर्दछौं । अन्यथा अन्तर्राष्ट्रिय ढोका ढक्ढक्याउन हामी पीडितहरु बाध्य हुने छौँ ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २९, २०७६  १५:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC