site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौं महानगर क्षेत्रका सामुदायिक विद्यालयमा एकरुपता ल्याइने
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रमा सञ्चालित ९१ वटा सामुदायिक विद्यालय भवनमा एकरुपमा ल्याउने बताएको छ । मेयर विद्यासुन्दर शाक्यले महानगर क्षेत्रभित्रका सामुदायिक विद्यालय भवनमा एकरुपता ल्याउने योजना सुरु गरेको जानकारी दिएका छन् ।

महानगर क्षेत्रका माध्यामिक विद्यालयमा पदस्थापन भएका स्थायी शिक्षकको सपथग्रहण कार्यक्रममा बोल्दै मेयर शाक्यले यस्तो बताएका हुन् । “हामी काठमाडौँ महानगर क्षेत्रभित्रका विद्यालयको शैक्षिक गुणस्तर मात्र होइन, भौतिक संरचनामा पनि एकरुपता ल्याउने प्रयासमा लागेका छौं,” मेयर शाक्यले भने, “यसका लागि महानगरपालिका क्षेत्रभित्र रहेका ९१ वटै सामुदायिक विद्यालय भवनमा एकै खालको रङ्गरोगन गर्ने तयारी थालेका छौं ।”

Prabhu Bank
Agni Group
NIC Asia

मेयर शाक्यले यसको सम्पूर्ण खर्च महानगरपालिकाले नै गर्ने जानकारी दिए । “हामीले सामुदायिक विद्यालयको रङ्ग रोगन गर्ने, खेल मैदान निर्माण गर्ने, हरेक विद्यालयमा वृक्षरोपण गर्ने, शौचालय र खानेपानीको व्यवस्था गर्नेलगायत शीर्षकका लागि १० करोड रकम छुट्याएका छौं,” मेयर शाक्यले भने, “निजी विद्यालयलाई गाली गर्ने होइन, सामुदायिक विद्यालयको गुणस्तर सुधार गरेर विद्यार्थीलाई सामुदायिकतिर आकर्षित गर्दा निजी विद्यालयमा पढ्न जाने विद्यार्थी संख्या आफैं घटेर जान्छ ।”

मेयर शाक्यले पदस्थापन भएका ३० जना शिक्षकबाट महानगर क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिण गुणस्तरमा थप सुधार आउने विश्वास व्यक्त गर्दै अहिलेको पुस्तामा सूचना, प्रविधि, योजना र नयाँ–नयाँ ज्ञानमा निपुर्ण हुने क्षमता रहेकाले पुराना र अनुवभीसँग सहकार्य गरेर शिक्षण गराउँदा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर स्वतः वृद्धि हुने बताए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २९, २०७६  १५:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC