रिलिज अगावै ‘साहो’को ३२० करोड कमाई, स्याटलाइट्स र वेब प्लाटफर्म राइट्स विक्री हुन बाँकी 

रिलिज अगावै ‘साहो’को ३२० करोड कमाई, स्याटलाइट्स र वेब प्लाटफर्म राइट्स विक्री हुन बाँकी 

काठमाडौं । साउथ सुपरस्टार प्रभास र श्रद्धा कपुर अभिनित चलचित्र ‘साहो’ले रिलिज अगाडि नै लगानी उठाइसकेको छ । यही ३० अगस्टमा रिलिज हुने चलचित्रले चलचित्रको थिएट्रिकल राइट्स ३२० करोडमा विक्री भएको हो । ‘साहो’ ३५० करोड लगानीमा निर्माण भएको चलचित्र हो । 

यसमा स्याटलाइट्स र वेब प्लाटफर्मको राइट्सको कमाई जोडिएको छैन् । स्याटलाइट्स र वेब प्लाटफर्मको राइट्स विक्री हुन बाँकी नै छ । यी दुई राइट्स विक्री हुँदा ‘साहो’ले रिलिज अगाडि नै लगानी उठाएर नाफामा गइसकेको हुने छ । 
चलचित्र ‘साहो’ यो वर्षको सबैभन्दा धेरै कमाई गर्ने चलचित्र बन्ने भारतीय सञ्चारमाध्यमले अनुमान गरेका छन् । 

‘साहो’मा प्रभासले १०० करोड पारिश्रमिक लिएका छन् । यो पारिश्रमिक भारतमा हालसम्मकै सबैभन्दा धेरै हो । प्रभास भारतमा सबैभन्दा महंगा अभिनेता बनेका छन् । यद्यपि एक अन्तर्वार्तामा प्रभासले १०० करोड पारिश्रमिक नलिएको बताएका छन् ।

एक्सन चलचित्र ‘साहो’को ट्रेलरमा देखाएका फाइट, भीएफएक्स, स्टन्ट सिन निकै अकार्षक रहेको छ  । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ad