site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कांग्रेस पूर्वअध्यक्ष राहुल गान्धी जम्मु काश्मीर जान तयार 
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । भारतीय कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीले बिना कुनै शर्त जम्मु काश्मीरको भ्रमण गर्ने बताएका छन् । जम्मु काश्मीरका गभर्नर सत्यपाल मलिकले कांग्रेस नेता गान्धीलाई सोमबार राज्यमा आएर यथास्थिति बुझेरमात्र बोल्न आग्रह गरेका थिए । 
मलिकले गान्धीलाई जम्मु काश्मीर आउन विमान पठाउने समेत बताएका थिए । तर, गान्धीले मलिकको उक्त प्रस्ताव अस्वीकार गरेका थिए । उनले विमानको प्रस्ताव अस्वीकार गरे पनि आफूलाई त्यहाँ 'यात्रा गर्ने र जनतासँग भेटघाट गर्ने स्वतन्त्रता' दिन आग्रह गरेका थिए । 

मंगलबार फेरि मलिकले गान्धीले कांग्रेस डेलिगेशनको नेतृत्व गर्दै जम्मु काश्मीरमा आएर अस्थिरता सिर्जना गर्न खोजेको आरोप लगाएका थिए । मलिकले आफूले यति धेरै शर्तहरुसहित जम्मु काश्मीर आउन निम्तो नदिएको उल्लेख गर्दै ट्विटमा भनेका छन्, "राहुल गान्धीले यस विषयमा विपक्षी दलका नेताहरुसहित आएर राजनीति गर्न खोज्दैछन् र यहाँका जनताका लागि समस्या उत्पन्न गराउने र अस्थिरता निम्त्याउन लागिरहेका छन् ।"

Prabhu Bank
Agni Group
NIC Asia

बुधबार फेरि गान्धीले बिना शर्त आफू काश्मीर आउन तयार रहेको बताएका छन् । उनले भनेका ट्विटमार्फत छन्, " श्री मलिकजी, मैले तपाईंले मेरो ट्विटमा गर्नुभएका निम्छरा रिप्लाईहरु हेरे । मैले जम्मु काश्मीर यात्रा गर्ने र मानिसहरुसँग भेटघाट गर्ने तपाईंको निम्तो स्वीकार गरेको छु, बिना कुनै शर्त । म कहिले आउने ?"

यसअघि शनिबार कांग्रेसका सांसदहरुले जम्मु काश्मीरमा हिंसा बढेको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीको ध्यानाकर्षण गराएका थिए । तर, राज्य प्रमुख मलिकले भने कांग्रेस सांसदको उक्त अभिव्यक्तिमा आपत्ति जनाउँदै कांग्रेसका पूर्वअध्यक्षले सीमा क्षेत्रबाट आएका गलत समाचारका आधारमा अभिव्यक्ति दिएको आरोप लगाएका थिए ।

Global Ime bank

गभर्नरको निम्तोमा इमान्दरिता छैन: चिदाम्बरम

कांग्रेसका वरिष्ठ नेता पी चिदाम्बरमले गभर्नर मलिकको आलोचना गर्दै कांग्रेस पूर्वअध्यक्ष राहुल गान्धीलाई पठाएको भ्रमणको निम्तोमा इमान्दारिता नभएको बताएका छन् । उनले उक्त निम्तो 'प्रोपोगान्डाको साधन' मात्र भएको टिप्पणी गरेका छन् । 
उनले ट्विट गर्दै भनेका छन्, " के भ्रमणकर्ताले त्यहाँका व्यक्तिहरुसँग भेटघाट गर्ने र कुराकानी गर्ने स्वतन्त्रताका बारेमा सोध्न र सेनाको हितका बारेमा जान्न पाउँदैन र ?"

अगस्ट ५ मा  भारतीय जनता पार्टी नेतृत्वको सरकारले जम्मु काश्मीरलाई दिएको विशेषाधिकार भएको संविधानको धारा ३७० खारेज गरेपछि त्यहाँ कर्फ्यू लगाइएको छ । अहिले दशौं हजार सेना परिचालन गरिएको छ भने त्यहाँका शीर्ष नेताहरुलाई नजरबन्दमा राखिएको छ । 
स्क्रोलडटइन
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २९, २०७६  १५:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC