बेईजिङ । चीनका विभिन्न प्रान्तहरुमा गएको लेकिमा नामक आँधीका कारण ४९ जनाको मृत्यु भएको छ । चीनको राष्ट्रिय विपद् प्रबन्धन विभागले लेकिमा आँधीका कारण ४९ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
आँधीका कारण ८९ लाख ७० हजार नागरिक प्रभवित भएका विभागले जनाएको छ । विभागका अनुसार लेकिमा आँधीले च च्याङ, शाङहाई, च्याङ सू, एन ह्वी, शान तुङ, फू चिए, ह बेई, लाओ निङ र ची लिनसहित नौ प्रान्तहरु बढी प्रभावित छन् ।
आँधीले छ हजार तीन सय घर ध्वस्त भएका छन् । च च्याङ, शाङहाई, च्याङ सू र शान तुङलगायतका क्षेत्रमा ३० हजारभन्दा बढी उद्धारकर्मीहरु उद्धारकार्यमा खटिएका छन् । आँधी लेकिमाका कारण दुई लाख ३४ हजार हेक्टरमा लगाइएको अन्न बालीमा नोक्सान पुगेको छ । १० अगस्टमा झेजियाङ प्रान्तको वेनलिङमा आएको लेकिमा आँधी दोस्रो दिन शानदोङ प्रान्तको चिङदाओ तटमा पुगेको थियो ।
एबीपी न्युज