site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
दैनिक उडेरै कार्यालय जान्छन् यी व्यक्ति
Sarbottam CementSarbottam Cement

लण्डन । ट्राफिक जाममा फसेको बेलामा बरु उडेर कार्यालय जान पाए कति सजिलो हुन्थ्यो भन्ने इच्छा धेरैले गरेको पाइन्छ ।  सबैलाई सोचेको जस्तो गर्न सम्भव हुँदैन । तर, इंग्ल्याण्डकोे प्यारामोटर ग्लाइडरले भने मान्छेको यो चाहनालाई सम्भव बनाइदिएको छ ।  मैदानको बीचमा खडा भएका टाम प्राइडो ब्रुनले आफ्नो पीठमा एक ठूलो जालीदार घेरा र प्यारामोटर ग्लाइडरमा जोडिएको पट्टी बाँधेका छन् । 

उनी काँधमाथिबाट डोरी खिचेर बाँधिराखेको मोटरलाई चालु गर्दिन्छन् । मोटर अन हुनासाथै पीठमा बाँधिएको ठूलो पंखा घुम्न थाल्छ । प्राइडो ब्रुन मैदानमा दौडिन शुरु गर्छन्  ।  १०–१२ कदम दौडैपछि उनी आफ्नो दुवै खुट्टा हावामा उठाउँछन् । उनको प्यारामिटर ग्लाइडर त्यतिबेलासम्म काम गर्न थालिसक्छ । त्यसले उनको शरीरको पूरै बोझ उठाइदिन्छ ।

टाम प्राइडो ब्रुनको कार्यालय दक्षिण पश्चिम इंग्ल्याण्डको विल्टशायरमा छ । मौसम सफा भएमा उनी हरेक दिन यसैगरी कार्यालय पुग्छन् । उनी भन्छन्,“पाइलटको रुपमा म हरेक बिहान पहिलो काम झ्यालको पर्दा हटाएर बाहिरको मौसम हेर्छु । ” प्राइडो ब्रुन शहरमा कि बाइकबाट चल्छन् कि चाहिँ पैदल हिंड्न मन पराउँछन् । तर, उड्न उनलाई बढी रोमाञ्चकारी र प्रेरणादायक लाग्छ । घरबाट कार्यालय जानका लागि उनी डार्सेट सम्म ३० किमी उडान भर्ने गर्दछन् । खेतमाथिबाट उडान भर्दा उनलाई रमाइलो लाग्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

पंखामा जोडिएको इन्जिनतर्फ इशारा गर्दै उनी थप्छन्, “तपाईँलाई त्यति ठूलो इन्जिनको जरुरत हुन्छ जसमा चारदेखि ५ लिटर इन्धन चाहिन्छ ।”

उनी प्रतिघण्टा ५० किलोमिटरको रफतारमा उड्छन् । यद्यपि कतिपय प्यारामोटर ग्लाइडर यो भन्दापनि तीब्र गतिमा उड्न सक्छन् । उनी भन्छन्,“३० देखि ३५ माइल प्रति घण्टाको रफ्तार भएमा सफर निकै मजा हुन्छ ।ग्लाइडर एडभान्स छ भने तपाईले यसको गति दुई गुणा सम्म बढाउन सक्नुहुन्छ।”
उनी देहाती इलाकाको माथिबाट उड्छन् ।माथिबाट हराभरा खेतको दृश्य निकै रमाइलो देखिने गर्छ ।

Global Ime bank

“मेरो लागि उडान भर्नुको मतलब एक बिलकुल अलग नजरबाट दुनियाँ हेर्नु हो । म माथिबाट तल हेर्छु । स्कुल र खेत देख्छु । दिनको शुरुवात गर्ने यो शानदार तरिका हो ।”

प्राइडो ब्रुनको गन्तव्य नजिक आएपछि उनले आफ्नो उडानको गति घटाउँदै जान्छन् । त्यसपछि विस्तारै तल आउँछन् । उत्रने बेलामा पनि उनलाई १०–१२ मिटरको दौड गर्नुपर्छ । उनी एक इन्जिनवाला प्याराग्लाइडर प्रयोग गर्छन् । उनी कार्यालय भएको विल्टशायरमा पुग्दा रोमाञ्चक महसुस गर्छन् । 
उनी भन्छन्, “तपाईँ गन्तव्यमा पुग्दा उर्जाले भरिपूर्ण हुनुहुन्छ । उत्साहित हुनुहुन्छ । विचारले भरिएको अवस्थामा हुनुहुन्छ । यसले गर्दा तपाईँको दिन राम्रो हुन्छ ।”

प्राइडो ब्रुन प्याराजेट इन्टरनेशनल कम्पनीका सेल्स एण्ड मार्केटिङ डाइरेक्टर हुन् । उनको कम्पनीले यो उपकरण बनाउने  र बेच्ने गर्दै आएको छ ।

कार्यालयबाट घर जान आउनका लागि उडान भर्ने उनी एउटामात्र पात्र होइनन् । उनको कार्यालयका १२–१४ जना अन्य स्टाफ पनि प्यारामोटर प्रयोग गरेर कार्यालय जाने गर्छन् । यो समूह ठूलो हुँदै गइरहेको छ । उनी भन्छन्,“हामी उड्ने अनुभव साझा गर्न चाहन्छौं । मानिसहरुलाई प्रोत्साहित गर्न चाहन्छौं । ताकि धेरै भन्दा धेरै मानिस यसमा सामेल हुन सकून् ।”

आधिकारिक रुपमा यो तीन चार वर्ष पहिले सुरु भएको थियो । “हाम्रा सबै स्टाफले यो काम गर्छन् । तर एउटा कहावत छ, तपाईँ आफ्नो मेहनेत त्यही गर्नुस् जहाँ तपाई अवस्थामा सुधार गर्न सक्नुहुन्छ ” उनको भनाई छ ।  प्यारामोटरिंग खतराविहीन भने हुँदैन । प्राइडो ब्रुन भन्छन्,“हामी जे गर्छौं त्यसमा जोखिमको एक तत्वपनि हुन्छ ।यद्यपि यसमा त्यति धेरै खतरा छैन जति देख्नेलाई लाग्छ । तापनि जोखिम त रहन्छ नै । ”

पछिल्लो वर्ष उनका एक साथी प्यारामोटर सहित बिजुलीको तारमा अल्झेका थिए । उनी जमिनमा गिरे । त्यही कारणले उनको मृत्यु पनि भएको थियो । 

“हामी उचित प्रशिक्षण दिएर जोखिम कम गर्छौं ।राम्रो क्वालिटीको मेशीन र सही स्थितिमा उड्ने अनुभवले खतरालाई कम गराउँछ ।धेरैजसो घटना उडान भर्ने बेलामा हुन्छन् । प्यारामोटर पाइलटलाई पानीको माथि उडान नगर्न सल्लाह दिने गरिएको छ ” उनको भनाई छ ।
उनी भन्छन्,“मलाई लाग्छ कि ज्यादाजसो पाइलट यसको जोखिम संझिन्छन् । तर उड्ने रोमाञ्चकताका लागि उनीहरु खतरा मोल्न तयार हुने गरेका छन् ।”

अफसोचको कुरा यो हो कि प्यारामोटरिंग लण्डनका मान्छेका लागि होइन । लण्डनका मानिस कार्यालय जानका लागि यस्तो मोटरको प्रयोग गर्दैनन् । किनकी ठूलो निर्माण क्षेत्रमा यसलाई चलाउने इजाजत छैन । शहरी क्षेत्रमा यस्तो उडानलाई कानुनले प्रतिबन्धित गर्छ । 

तर, ग्रामीण क्षेत्रमा यसलाई रोक छैन ।प्राइडो ब्रुनका धेरैजसो ग्राहक यस्तै क्षेत्रका रहेका छन् । उनी भन्छन्,“तपाईलाई बिमान कानुनको जानकारी हुनु जरुरी छ । तर, मेरो ख्यालमा इंगल्याण्डको ७० प्रतिशत आकाशमा यसमाथि कुनै प्रतिबन्ध छैन ।” त्यसैले उनी प्यारामोटर ग्लाइडिंगको उडान भर्नुभन्दा अघि मौसम पूर्वानुमानको राम्रोसँग ख्याल गर्न सुझाव दिन्छन् ।
(बीबीसीबाट)

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३०, २०७६  ०५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC