नयाँ दिल्ली । भारतीय सेनाको गोली लागेर तीन पाकिस्तानी सेना र पाँच भारतीय गरी आठ जनाको मृत्यु भएको छ । ज्यान गुमाउने तीन पाकिस्तानी सेनामा नायक तानभिर, लन्स नायक तैमुर र सेपोइ रमजान रहेको पाकिस्तानी मिडिया डनले जनाएको छ । बिहीबार लाइन अफ कन्ट्रोल (एलओसी) क्षेत्रमा बिहीबार भारतीय सेनाले गोली चलाउँदा तीन पाकिस्तानी सेनाको मृत्यु भएको अन्तर-सेवा जनसम्पर्क निर्देशक जनरल मज गेन असिफ गफूरले बताएका छन् ।
उनले ट्विटमा लेखेका छन्, पाकिस्तानी सेनाको जवाफी कारबाहीमा पाँच भारतीय सेनाको समेत मृत्यु र अन्य धेरै घाइते भएको उल्लेख गरेका छन् । उनले दुबै पक्षबाट गोली हानाहान चलिरहेको बताएका छन् । उनले थपे, "भारतीय सेनाबाट निरन्तर गोली चलाइरहेको छ । भारत प्रशासित जम्मु काश्मीरको अन्योलताबाट ध्यान मोड्न भारतीय सेनाले गोली चलाएको हो ।"