site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रधानमन्त्रीको स्वास्थ्य ठीक छ, शुक्रबार बिहानदेखि नियमित भेटघाट : विष्णु रिमाल
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीको स्वास्थ्य ठीक भएको जानकारी गराएको छ । प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाकार विष्णु रिमालले प्रधानमन्त्रीको स्वास्थ्य ठीक भएको र शुक्रबार बिहानैदेखि नियमित भेटघाट र बैठकमा सहभागी हुने जनाएका छन् । 

बिहीबार बस्‍ने भनिएको नेकपाको सचिवालय बैठक प्रधानमन्त्री ओली अस्वस्थ भएपछि शुक्रबारसम्मका लागि स्थगित गरिएको जानकारी गराइएको थियो । तर, बेलुका उनको स्वास्थ्यमा थप समस्या आएको र सिंगापुर लैजाने तयारी भएको भन्‍ने समाचारहरु आएका थिए । 

Agni Group

प्रधानमन्त्रीका राजनीतिक सल्लाकार रिमालले उक्त समाचारहरुको खण्डन गरेका छन् । रिमालले ट्विटमा लेखेका छन्, "सिंगापुरमा स्वास्थ्य परिक्षण गरी स्वदेश फर्किए लगत्तै पार्टी र सरकारको बाक्लो कामको धपेडीले सम्माननीय प्रधानमन्त्री केही थकित हुनुभयो र आजको सचिवालय बैठक भोलि बस्ने गरी स्थगित भयो ।"

 रिमालले केही  मिडियामा आएका अफवाहहरु निराधार भएको बताएका छन् । उनले थप लेखेका छन्, "यसै आधारमा उहॉको स्वास्थ्य अवस्था बारे अडकलवाजीसहित केही मिडियामा सम्प्रेषित अफवाहहरू निराधार छन् । प्रमको स्वास्थ्य ठीक छ । उहॉ भोलि (शुक्रबार) बिहानबाटै नियमित भेटघाट र बैठकहरूमा संलग्‍न रहनु हुनेछ। उहॉको स्वास्थ्य अवस्थाप्रति निश्चिन्त रहन आग्रह गर्दै  चासो राख्नु हुने सबै शुभचिन्तकहरूमा धन्यवाद छ ।"

Global Ime bank

प्रधानमन्त्री ओली सिंगापुरमा उपचार गराएर सोमबार स्वदेश फर्किएका थिए । 

प्रमको स्वास्थ्य ठीक छ । उहॉ भोली बिहानबाटै नियमित भेटघाट र बैठकहरूमा संलग्न रहनु हुनेछ। उहॉको स्वास्थ्य अवस्थाप्रति निश्चिन्त रहन आग्रह गर्दै चासो राख्नु हुने सबै शुभचिन्तकहरूमा धन्यवाद छ।

— Bishnu Rimal (@BishnuRimal) August 15, 2019

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३०, २०७६  २२:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC