site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
उत्तर कोरियाद्वारा बिहानै दुईवटा मिसाइल प्रक्षेपण, दक्षिण कोरियाको शान्ति प्रस्ताव अस्वीकार
Sarbottam CementSarbottam Cement

सिउल । उत्तर कोरियाले दक्षिण कोरियासँग शान्ति वार्ता गर्न अस्वीकार गरेको छ । वार्ता हुन नसक्नुमा दक्षिण कोरियाका गतिविधि पूर्णरुपमा जिम्मेवार भएकोसमेत उसले आरोप लगाएको  छ ।  दक्षिण कोरियाका राष्ट्रपति मुन जाइले विहीबार दिएको अभिव्यक्तिलाई लिएर उत्तर कोरियाले प्रतिक्रिया जनाएको हो ।  शुक्रबार बिहानै उत्तर कोरियाले पूर्वी तटको समुद्रमा दुईवटा मिसाइलको टेस्ट फायर गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । एक महिनाको बीचमा गरिएको यो छैठौं परीक्षण हो । 

उत्तर कोरियाले उसको आणविक परीक्षणका कारण अन्तर्राष्ट्रिय जगतबाट नाकाबन्दी व्यहोरिरहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

दक्षिणले के भनेको थियो ?

दक्षिण कोरियाका राष्ट्रपतिले जापानी शासनबाट कोरियाको स्वतन्त्रताका सन्दर्भमा विहीबार आयोजित कार्यक्रममा बोल्दै कोरियन उपमहादीपको एकता आगामी २०४५ सम्ममा हुने जनाएका थिए ।  दोस्रो विश्व युद्धको समाप्तीसँगै दुई वटा कोरिया बनेका हुन् ।उनले सम्बोधनका क्रममा शान्ति र वैभवयुक्त नयाँ कोरिया पूर्वी एशिया र विश्वले नै प्रतिक्षा गरिरहेको बताएका थिए ।

Global Ime bank

उत्तर कोरियाले भने अमेरिकासँग संयुक्त सैन्य अभ्यास गर्ने तर शान्तिपूर्ण अर्थतन्त्र वा शान्तिपूर्ण शासन भन्ने अधिकार दक्षिण कोरियालाई नभएको वक्तव्यमा जनाएको छ । (बीबीसी)

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३१, २०७६  ०७:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC