site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
उपचुनाव जिताएर पार्टी एकताको सुरुआत गरौँ :  देउवा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई आगामी मंसिरमा हुने उपचुनाव जिताएर पार्टी एकताको सुरुआत गर्न पार्टी पंक्तिलाई आह्वान गरेका छन् । पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको महाधिवेशन प्रतिनिधिको गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले पार्टीबाट जसले टिकट पाउँछ त्यसलाई सबै मिलेर जिताउनुपर्नेमा जोड दिए । 

“हाम्रो पार्टी दुई पार्टीजस्तो भयो, उनीहरु(एमाले र माओवादी) दुई पार्टी एक भए यो सत्य कुरा हो, अब पार्टी(काँग्रेस) त्यस्तो हुनेछैन”, उनले भने, “यो चुनावमा सबै एक भएर लाग्नुपर्छ, कुनै पनि हालतमा पार्टीलाई जिताउनुपर्छ, यहीँबाट नै पार्टीभित्र एकताको सुरुआत हुन्छ,” । “ 
    
सरकारले प्रेस स्वतन्त्रता हनन गर्ने गरी मिडिया काउन्सिल विधेयक ल्याउन लागेको आरोप लगाउँदै पूर्वप्रधानमन्त्री देउवाले प्रेस स्वतन्त्रतामाथि प्रहार सरकारले नै गरेको छ, आफ्ना विरोधीलाई सरकारविरुद्ध लेख्न नपाउने गरी विधेयक ल्याउन खोजिएको बताए ।  स्वतन्त्रता, समानता, न्याय र बन्धुत्व काङ्ग्रेसको सिद्धान्त भएको उल्लेख गर्दै उहाँले प्रजातन्त्रसहितको समाजवादमा काँग्रेस स्पष्ट रहेको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

सो अवसरमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली जनताले नेकपालाई आशा एवम् भरोसाका साथ दुई तिहाई बहुमत दिएकामा यतिखेर जनता निराश भएको आरोप लगाए ।  नेपाली जनताले भरोसाको केन्द्र खोजेको बताउँदै उनले जनताको त्यो चाहनालाई काँग्रेसले पूरा गर्नुपर्ने बताए । पार्टीभित्रको गुटबन्दीले काँग्रेसलाई कमजोर बनाउने बताउँदै उनले शेरबहादुर, रामचन्द्र कोही नभनी पार्टी भनेर लाग्न कार्यकर्तालाई आग्रह गरे ।

लोकतान्त्रिक पार्टी कांग्रेसले आफूलाई पनि लोकतान्त्रिक बनाएर लैजानुपर्ने धारणा राख्दै उनले पार्टी अरुको कार्यसूचीमा संसद्मा हडताल गर्ने नभई आफ्नै कार्यसूची लिएर अघि बढ्नुपर्नेमा जोड दिए । प्रशिक्षणले पार्टीमा रहेका हिजोका कमजोरी हटाउँदै नवीन सोचका साथ सङ्गठनलाई अघि बढाउन महत्वपूर्ण योगदान दिने उहाँले विश्वास व्यक्त गरे । - रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३१, २०७६  २०:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC