site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
वचनको पालना गर्दै ओली, पूरा गरे दोस्रो बोली 
Sarbottam CementSarbottam Cement

काठमाडौं । आफूविरुद्ध निरन्तर प्रहार र मोर्चाबन्दी शुरू भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओलीलाई पुरानो प्रतिवद्धताहरूको सम्झना हुन थालेको छ ।

पहिलो, गत साउन १५ गते ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित सांसद योगेश भट्टराईलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री नियुक्त गरेर पहिलो प्रतिवद्धता पूरा गरे । दोस्रो, वामदेव गौतमलाई विधानभन्दा माथिबाट उपाध्यक्षमा प्रस्ताव गरे ।

केन्द्रीय कमिटीको बैठकले पार्टीको अन्तरिम विधान संशोधन गरेर उपाध्यक्ष पद सिर्जना गर्नुपर्ने भएकाले गौतमको उपाध्यक्ष पद बहाल भइसकेको छैन । तथापि, अध्यक्ष ओलीले विगतको प्रतिवद्धता पूरा गर्नकै लागि गौतमलाई उपाध्यक्ष प्रस्ताव गरेको नेकपाका नेता बताउँछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

गौतमलाई उपाध्यक्ष प्रस्ताव गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपालसमेतलाई यस निर्णको विरोध गर्न अप्ठरो परेको छ । प्रचण्ड– नेपाल मौन बसेपछि अन्य सचिवालयका नेताहरूले पनि असहमति व्यक्त गर्न सकेनन् ।

अस्थिरताको विम्ब चित्रित गर्दै आलोचना गर्दै आएका ईश्वर पोखरेल पनि यो मामलामा वामदेवको पक्षमा उभिएका छन् । साविक एमालेमा दुई–दुई कार्यकाल उपाध्यक्ष भएका वामदेवलाई उपाध्यक्ष बनाउने सङ्घर्षको कदर भएको भन्दै प्रतिक्रिया नै दिइसकेका छन् ।

Global Ime bank


ध्रुवीकरणको संकेत !

पार्टी एकता उत्तराद्र्धतिर अभिमुख हुँदै जाँदा नेकपाभित्र तीव्र ध्रुवीकरणको संकेत मिल्न थालेको छ । प्रदेश कमिटीको गठनपछि नेकपामा पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्व माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमबीच अघोषित सहकार्यजस्तै थियो । नियमित छलफल र भेटघाट हुन्थ्यो ।

त्यसले केपी ओलीलाई कमजोर र निरिहमात्रै बनाएन, पार्टी र सरकारको सेवा–प्रवाहमै असर पुर्यायो । पार्टीभित्र केपी ओली एक्लिँदै गएको आभाष भयो । तर, केपी ओलीको सिंगापुर भ्रमणअघि नेकपाको शक्ति सन्तुलनमा फेरबदल आएको छ ।

गत आइतबार सिंगापुरमा स्वास्थ्य जाँच गरी प्रधानमन्त्री ओली स्वदेश फर्किए । निजी होइन, राजकीय भ्रमणमा पनि प्रधानमन्त्री एवम् पार्टी अध्यक्षलाई विमानस्थलमा स्वागत गर्न उनकै गुटका नेता र मन्त्रीहरू पुग्थे ।

तर, आइतबारको दृष्य अलि भिन्न थियो । पार्टी अध्यक्षको स्वागत गर्न विरलै विमानस्थल धाउने नेता वामदेव भीडको अग्रभागमा देखिए । पाँचदिन पछि रहस्योद्घाटन भएको छ । यसले पार्टीभित्रको पछिल्लो ध्रुवीकरणको संकेत दिने नेकपाका नेताहरू बताउँछन् ।


ओलीको सरप्राइज !

प्रधानमन्त्री केपी शर्मा ओली सरप्राइज दिन माहिर नेता हुन् । त्यसकै निरन्तरता थियो– शुक्रबारको सचिवालय बैठक । पार्टी एकता प्रक्रिया विभाग गठनमा अल्झिएको थियो । दुई महिनादेखि स्कुल विभागको गाँठो नफुकेकाले बाँकी कार्यसूचीमा सचिवालय प्रवेश नै गर्न पाएको थिएन । नेताहरूको हानथाप थियो ।

शुक्रबारको बैठक ३२ वटा विभागको प्रमुख र उपप्रमुख तोकेर र बाँकी कार्यसूचीमा प्रवेश हुने लख काटिएको थियो । तर, एकाएक बैठकले वामदेव गौतमलाई उपाध्यक्षसमेत प्रस्ताव गर्यो । अनुमोदनका लागि तल्ला (स्थायी, केन्द्रीय) कमिटीमा पठाउने निर्णय गर्यो ।

वामदेव उपाध्यक्षमा प्रस्तावित हुनुको कारण केलाउँदा एमालेको नवौँ महाधिवेशनभन्दा अगाडि संसदीय दलको निर्वाचनमा पुग्नुपर्ने हुन्छ ।जतिबेला वामदेव गौतमको सहयोगमा केपी ओली दलको नेता चयन भएका थिए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचन पछिको दलको निर्वाचनमा पार्टी अध्यक्ष झलनाथ खनाल २२ मत कमले नेता बन्न रोकिए । ओलीले ९८ मत ल्याए । खनालले ७६ मत पाए ।

वामदेवकै आडमा ओलीले नवौँ महाधिवेशनमा अध्यक्ष निर्वाचित भए । पार्टी अध्यक्षको उमेदवार बन्दै गर्दा ओलीले वामदेवलाई कार्यवाहक अध्यक्ष दिने आश्वासन दिएका थिए ।  तर, महाधिवेशनपछि परिस्थिति निर्माण भएन । 

“पार्टी अध्यक्ष केपी ओलीले त्यतिबेलाकै वचन पूरा गर्नुभएको हो । अतिरिक्त केही होइन,” नेकपाका केन्द्रीय तहका एक नेता भन्छन् । यतिमात्र नभइ ओलीले गौतमलाई कास्की–१ (रवीन्द्र अधिकारीको निधन भएपछि रिक्त रहेको क्षेत्र)मा उपनिर्वाचन लड्नसमेत आग्रह गरिसकेका छन् ।

करिब १४ ठाउँमा उपनिर्वाचन लड्न भौँतारिएका वामदेव पछिल्लो प्रस्तावप्रतिचाहिँ सहमत छैनन् । संगठन र उपाध्यक्ष पाएकाले पार्टीकै काममा रमाउने सम्भावना पनि छ ।

झलनाथलाई तेस्रो वरीयता !

केपी ओलीले वामदेवसँगै झलनाथलाई पनि रिझाउनेगरी अर्को उपाय पहिल्याएका छन् ।

शुक्रबारको बैठकमा झलनाथ खोसिएको वरीयता फिर्ता पाउनुपर्ने मागदाबीसहित प्रस्तुत भए । पार्टी एकताकाबेला आफूलाई अन्याय भएको र तेस्रो वरीयता आफूले पाउनुपर्ने झलनाथको अडानमा केपी ओलीले साथ दिएका छन् ।

सम्भवतः शनिबार अपराह्न बस्ने बैठकले यसबारे टुङ्गो लगाउने र तेस्रो वरीयता झलनाथले नै पाउने ओली निकट नेताहरूले जानकारी दिए । “त्यतिबेला झलनाथलाई अन्याय भएको महसुस सबैलाई भएको छ । माधव नेपालभन्दा अगाडि झलनाथले नै वरीयता पाउनुहुन्छ,” ओली निकट स्रोत बताउँछ । झलनाथलाई तेस्रो वरीयता दिने सन्दर्भमा प्रचण्ड पनि सकारात्मक छन् । प्रचण्ड–नेपाल ध्रुवीकरणमा असर पुर्याउने उद्देश्यका साथ झलनाथलाई तेस्रो वरीयता दिन लागिएको ओली निकट स्रोतको दाबी छ ।

 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ३२, २०७६  ००:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय