site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आकाशबाट पानीसँगै प्लाष्टिक पनि पर्छ ? 
Sarbottam CementSarbottam Cement

एजेन्सी । आकाशबाट पानीसँगै प्लाष्टिक पनि परिरहेको कोलोराडोको वर्षा सर्वेक्षण गरिरहेका अनुसन्धानकर्ताहरुको निष्कर्ष छ । डेन्भर र बोल्डरस्थित अमेरिकी आन्तरिक विभाग र युएस जिओलोजिकल सर्भेका वैज्ञानिकहरुले गरेको अध्ययनमा यस्तो पाइएको हो । ‘प्लास्टिक परिरहेको छ’ शीर्षकको सो अध्ययनमा फेला परेका प्लाष्टिक फोहोर र कपडाहरुबाट हुन सक्ने बताइएको छ । 

नाङ्गो आँखाले देख्न नसकेपनि बाइनोकुलर माइक्रोस्कोपबाट हेर्दा उनीहरुले ९० प्रतिशत स्याम्पलमा प्लाष्टिकका ससाना टुक्रा फेला पारेका हुन् जुन रङ्गीचङ्गी भएको बताइएको छ । सबैभन्दा धेरै नीलो रङ्गका प्लाष्टिक थिए भने त्यसपछि रातो, चाँदी रङको र बैगुनी, हरियो, पहेँलो लगायत थुप्रै रङ्गका प्लाष्टिकहरु फेला परेका हुन् । यसरी विश्वव्यापी रुपमा प्लाष्टिकजन्य प्रदुषण नयाँ समस्या बनिरहेका बेला सो प्लाष्टिक कसरी पानीमा आयो भन्ने स्पष्ट नभएको उनीहरुले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

विश्वभरका श्रोतबाट आउने प्लाष्टिकका टुक्रा अन्त्यमा समुद्रमै मिल्ने गर्दछ जसले माछा लगायत पानीमा बस्ने जीवहरुलाई गम्भीर नोक्सान पुर्याइरहेको छ । यअसघिको खोजमा पनि मान्छेले हरेक हप्ता क्रेडिट कार्ड जत्रै ५ ग्राम प्लास्टिक निलिरहेको पत्ता लागेको थियो । तरपनि अझै यसले हाम्रो स्वास्थ्यमा पुर्याउन सक्ने हानिबारे भने कुनै जानकारी प्राप्त नभएको वैज्ञानिकहरु बताउँछन् । 

यसबीच थुप्रै शहरले प्लाष्टिकमाथि प्रतिबन्ध लगाइरहेका छन् । तर उता राष्ट्रपति डोनाल्ड ट्रम्पले भने मंगलबार मत्र पेनिसिल्भेनियास्थित एउटा प्लास्टिक निर्माता उद्योगमा प्लाष्टिकको प्रचारका निम्ति उपस्थिति जनाएका हुन् । कार्यक्रममा एक संचारकर्मीले उनलाई बढ्दो प्लाष्टिक प्रदुषणबारे प्रश्न गर्दा उनले सबै समस्याका लागि चीन जिम्मेवार भएको आरोप लगाए ।

Global Ime bank

उनले भनेका हुन्, “एसिया र विशेषगरी चीनबाट हामीकहाँ अत्याधिक धेरै सङ्ख्यामा प्लाष्टिक आइरहेको छ । त्यसैले त्यो हाम्रो प्लाष्टिक होइन । समुद्रमा देखिएका प्लाष्टिक अरु देश र अन्य विभिन्न श्रोतबाट त्यहाँसम्म पुगेका हुन् । प्लाष्टिक राम्रो होइन तरपनि हामीले त्यसको सही उपयोग गर्नेबारे थाहा पाइरहनुपर्छ । अन्य राष्ट्रहरुले यसलाई राम्रो व्यवस्थित गरिरहेका छैनन् । त्यसैले हामीले समुद्रमा देखिरहेका प्लाष्टिक चीन सहित अरु देशहरुबाट आएको हो ।” यसरी पानी, हिउँ गर्दै बिस्तारै प्लाष्टिक वातावरणकै एउटा हिस्सामा परिणत भइरहेकाप्रति वैज्ञानिकहरुले गम्भीर चिन्ता व्यक्त गरिरहेका छन् ।  द गार्जियनबाट
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १, २०७६  ०६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC