site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
राजधानीबाट दुई थान अटोमेटिक पेस्तोल र २० राउण्ड गोलीसहित विप्लव कार्यकर्ता पक्राउ
Sarbottam CementSarbottam Cement

काठमाडौं । महानगरीय प्रहरी बृत्त थानकोटले अटोमेटिक पेस्तोल दुई थान र गोली २० राउण्डसहित विप्लव कार्यक्रतालाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका-२ नागढुंगास्थित चेकप्वाइन्टबाट अटोमेटिक पेस्तोल दुई थान र गोली २० राउण्डसहित एकजनालाई प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

महानगरीय प्रहरी बृत्त थानकोटका  डीएसपी कुमारबिक्रम थापाका अनुसार ललितपुर कोन्ज्योसम गाउँपालिका-२ बस्‍ने अन्दाजी २८ वर्षीय मुनाल भन्‍ने सुलभ लामालाई पक्राउ परेका हुन ।
 
थापाका अनुसार  धादिङबाट काठमाडौं आउँदै गरेको बा २ ख १९८० नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार लामाको साथमा रहेको झोला जाँच गर्ने क्रममा झोलाभित्र उक्त पेस्तोल तथा गोली लुकाई छिपाई राखेको अवस्थामा फेला परेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

लामाको साथबाट उषा लेखिएको ९० एमएलको तेल रहेको बोतल दुई थान, बाइनाकुलर एक थान, मोबाइल पाँच थान तथा विभिन्‍न सम्पर्क नम्बरहरु भएको डायरी तथा कागजातहरु समेत प्रहरीले बरामद गरेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट लामा विप्लव कार्यक्रता रहेको खुलेको छ । लामालाई थप आवश्यक कारवाही तथा अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ३२, २०७६  २१:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC