site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
युवालाई राजनीतिक फ्रन्टलाइनमा ल्याउनैपर्छ
Sarbottam CementSarbottam Cement

मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देल साझा विवेकशील पार्टीबाट राजनीतिमा प्रवेश गरेकी छन् । साउन २६ गते प्रेस विज्ञप्ति जारी गरी उनी पार्टीमा आवद्ध भएको औपचारिकरुपमा जानकारी दिइएको हो । उनलाई साझा पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरिएको छ ।

सिग्देल विगत ६ वर्षदेखि ‘हात्तीहात्ती’ नेपालमा संस्थापक अध्यक्षका रुपमा पिछडिएका महिलाहरुको लागि काम गर्दै आइरहेकी छन् । विकास र राजनीतिमा स्नातक गरेकी प्रिया आफ्नो त्यही पढाइले राजनीतिमा लाग्न प्रेरणा मिलेको बताउँछिन् ।

मिस नेपालहरु प्रायः ग्ल्यामर वर्ल्डमै प्रवेश गर्छ भन्ने आममान्यतालाई गलत साबित गर्दै उनले बिलकुल  फरक बाटो रोजेकी छन् । उनको अध्ययन, रुचि, राजनीतिमा युवा संलग्नतालगायतका विषयमा सिग्देलसँग बाह्रखरीकर्मी वर्षा महर्जनले गरेको कुराकानीको सारः

Prabhu Bank
Agni Group
NIC Asia

ग्लामर दुनियाँबाट राजनीतिमा लाग्नुभएको छ, कस्तो प्रतिक्रिया पाउनुभयो ?

म ‘नर्मलाइजेसन’ अवधारणामा विश्वास गर्छु । अधिकांश मिस नेपालहरु चलचित्र क्षेत्रमा जान्छन् भन्ने आममान्यता छ । मिस नेपालहरुले अन्य बाटो रोज्दा त्यति धेरै चासो हुँदैन, तर म राजनीतिमा आउँदा चासो बढेको छ । सबै शुभचिन्तकहरुले अप्ठ्यारो बाटो रोज्नुभयो भन्ने चिन्ता व्यक्त गर्नुभएको छ । डेभलपमेन्ट र राजनीतिमा स्नातक गरेको मैले विगत छ वर्षदेखि महिला सशक्तिकरणको क्षेत्रमा काम गरिरहेकी छु । राजनीतिमा आउनु भनेको पनि सिस्टममा काम गर्ने मेरो प्रयास हो । मजस्तै युवालाई फ्रन्टलाइनमा ल्याउनु खोजेको हो । कुनै दिन म राजनीतिमा आवद्ध हुन्छु भन्ने सोच पहिलादेखि नै थियो । जुन २०१९ मा आएर पूरा भयो । यो सुरुवात हो, म सिक्दै छु । 

Global Ime bank

घरपरिवार पनि राजनीतिक पृष्ठभूमिबाटै हुनुहुन्छ  ?

छैन । म राजनीतिमा आएको देखेर मेरा बुवा–आमा एकदम अचम्भित हुनुभएको छ । उहाँहरुले कहिले पनि सोच्नुभएको थिएन, उहाँहरुकी छोरी राजनीतिमा जान्छे भनेर । म राजनीतिमा लाग्ने परिवारकै पहिलो व्यक्ति हो । 

साझा पार्टीमै चाहिँ किन ?

आफूले काम गर्ने ठाउँको वातावरण कतिको सहज छ र पछिसम्म त्यही संस्थासँग लागिरहन सकिन्छ कि सकिन्न भन्ने कुरा हेर्नुपर्छ । साझा पार्टीको सिद्धान्त मन प¥यो र वातावरण सहज लाग्यो । र, अर्को महत्वपूर्ण कुरा मलाई पार्टीले स्पेस दियो । राजनीतिमा आउने सोच तीन–चार वर्ष अघिदेखि थियो । मैले सबै राजनीतिक पार्टीहरुलाई बाहिरबाट नियालिरहेको थिएँ । संयोगवश साझा पार्टी अगाडि आयो र मेरो सिद्धान्तसँग पार्टीको सिद्धान्त मिल्यो । जसका कारण आज म साझा पार्टीसँग आवद्ध छु । 

ग्ल्यामरमा एउटा हाइट बनाएपछि राजनीतिमा आउन सहज भएकोले सुरुमा त्यता जानुभएको हो ?

जसरी हाम्रो अन्तरिम प्लान हुन्छ, त्यसैगरी ग्ल्यामर मेरो अन्तरिम प्लान थियो । ६ वर्ष भैसक्यो मैलै महिला सशक्तिकरणको क्षेत्रमा काम गरेको । तर मजस्तो युवालाई राज्यले गर्ने व्यवहार सकारात्मक पाइएन । मेहनत गर्ने युवाहरुलाई प्रोत्साहन नभएको पाइयो । त्यसपछि मैले अध्ययन गर्दै जाँदा त्यसका लागि उपयुक्त प्लेटर्फम मिस नेपाल थियो । त्यसकारण म त्यता गएको हो । जसले मलाई थप परिमार्जन हुने अवसर दियो । मिस नेपालको ताज नजिते पनि मैले जीवनोपयोगी ज्ञान र जीवन बुझ्ने कला सिक्ने अवसर पाएँ ।

मलाई हरेक कुरा सिस्टममा चल्नुपर्छ भन्ने लाग्छ  । सिस्टमलाई व्यवस्थित गर्ने भनेको राजनीतिले हो । त्यसकारण म मिस नेपालबाट राजनीतिमा आएको हो । 

राजनीतिप्रति युवाको वितृष्णा बढेको छ नि ? 

हो, अहिलेको युवा पुस्तालाई राजनीतिप्रति विश्वास नै छैन । ‘पोलिटिक्स इज अ डर्टी गेम’ एन्ड ‘आई हेट पोलिटिक्स’ भनेर हुर्किरहेको छ अहिलेको युवापुस्ता । जसको अपवाद म पनि होइन । 

लामो समयसम्मको राजनीतिक अस्थिरता, नेताहरुले काम र कुराको तालमेल नमिलाउँदा विश्वास गुम्दै जानु, लामो पर्खाइपछि पनि कुनै सम्भावनाहरु नदेखिनुलगायतका कारणले युवापुस्ताको वितृष्णा बढेको हो । 
अर्को महत्वपूर्ण कुरा, राजनीतिक दलहरुले युवालाई स्थान दिएनन् । नेताहरुले युवालाई आफूअनुकुल प्रयोग गर्ने र स्वार्थ पूरा भएपछि छोड्ने कारण पनि राजनीतिप्रति वितृष्णा बढेको हो । मैले राजनीतिसँगसँगै डेभलपमेन्ट विषय पढेँ, जसले मेरो ज्ञानको दायरालाई फराकिलो बनाइदियो । यसकारण पनि राजनीतिप्रतिको मोह बढेको हो । अबको १०–२० वर्षपछिको नेपाल त हामीले बनाउने हो । यही कारण हामी युवा देशको हरेक पाटोमा अगाडि आउनुपर्छ ।

हामीजस्तो युवाले राजनीतिमा चासो नराख्नु भनेको हाम्रो आफ्नै कमजोरी हो । राजनीति मन पर्दैन भन्ने सोच परिवर्तन गर्नु आवश्यक छ । 

युवाहरुलाई राजनीतिमा ल्याउन के गर्नुपर्ला ?

राजनीति खराब खेल हो र त्यसमा जाने व्यक्ति पनि खराब नै हुन्छ भन्ने सोचलाई हटाउन आवश्यक छ । मेरो मुख्य उद्देश्य भनेकै राजनीतिलाई हामीजस्तो युवाबीच सामान्य बनाउनु हो । राजनीतिमा हाम्रो ठाउँ छ भनेर बुझाउने प्रयास हुन्छ मेरो ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १, २०७६  ११:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC