site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंमा कसलाई निसाना बनाउँदैछ विप्लव समूह  ? पक्राउ परे ‘एसटीएफ’ लडाकु
Sarbottam CementSarbottam Cement

काठमाडौं । शनिबार महानगरीय प्रहरी वृत्त थानकोटले अटोमेटिक पेस्तोल दुई थान र गोली २० राउन्डसहित विप्लव समूहको ‘एसटीएफ’ कार्यकर्ता पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर कोन्ज्योसम गाउँपालिका–२ बस्ने २८ वर्षीय मुनाल भन्ने सुलभ लामा छन् । चन्द्रागिरी नगरपालिका–२ नागढुंगास्थित चेकप्वाइन्टबाट अटोमेटिक पेस्तोल दुई थान र गोली २० राउन्डसहित लामा पक्राउ परेका हुन् ।

धादिङबाट काठमाडौं आउँदै गरेको बा २ ख १९८० नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार लामाको साथमा रहेको झोला जाँच गर्ने क्रममा झोलाभित्र उक्त पेस्तोल तथा गोली लुकाइराखेको अवस्थामा फेला परेको हो ।
उनको साथबाट उषा लेखिएको ९० एमएलको तेल रहेको बोतल दुई थान, बाइनाकुलर एक थान, मोबाइल पाँच थान तथा विभिन्न सम्पर्क नम्बरहरु भएको डायरी तथा कागजातहरु समेत प्रहरीले बरामद गरेको छ ।

के हो ‘एसटीएफ’ ?

Prabhu Bank
Agni Group
NIC Asia

एसटीएफ भनेको ‘स्पेसल टास्क फोर्स’ हो । एसटीएफ विशेष कार्यदल वा कमान्डो समूह हो । यसका कैयौं गतिविधि गोप्य हुन्छन् । राज्यका सुुरक्षा फौजको पनि एसटीएफ फोर्स हुन्छ । यो जतिबेला पनि प्रयोग हुँदैन । विशेष अवस्थामा यसको प्रयोग हुन्छ । नेपाल प्रहरीको एसटीएफलाई केन्द्रीय प्रहरी विशेष कार्यदल अन्तर्गत राखिएको छ ।

यसले मुख्यतः अहिले विप्लव समूहविरुद्ध ‘सर्च एन्ड अरेस्ट’ अपरेसन सञ्चालन गर्ने, लङ रेन्ज पेट्रोलिङ गर्ने, महत्वपूर्ण सूचना संकलन गर्ने लगायतका जोखिमपूर्ण कार्य गर्छ । प्रहरीसँगै नेपाली सेना, सशस्त्र प्रहरीको पनि यस्तो प्रकारको विशेष फोर्स हुन्छ । यो समूह कमान्डो तालिमप्राप्त हुन्छ ।

Global Ime bank

सुरक्षा संयन्त्रले राज्यविरुद्ध हुने आक्रमण, अपराध नियन्त्रण लगायतमा यसको ‘एसटीएफ’ फोर्सको परिचालन गर्छन् भने विद्रोही समूहले त्यसको ठिक विपरीत । विश्वका विभिन्न मुलुकमा रहेका विद्रोही वा आतंकवादी संगठनले ‘एसटीएफ’ फोर्सलाई विस्फोट गराउने, भौतिक आक्रमणमा संलग्न गराउने, राज्यसँगको सम्भावित मुठभेडका लागि तयार गराउने गरेको एक उच्च प्रहरी अधिकारी बताउँछन् । उनका अनुसार विप्लव समूहले पनि ‘एसटीएफ’ फोर्स गठन गरेको छ । विद्रोही समूहको ‘एसटीएफ’ फोर्स गोप्य रहन्छ । सबै नेता–कार्यकर्तालाई यसको जानकारीसम्म हुँदैन । एक अधिकारी भन्छन्, ‘‘विद्रोहीको एसटीएफले विस्फोट गराउने र आफ्ना विरोधीको पहिचान गरेपछि सुटआउट नै गर्ने हो ।’’

एसटीएफ’ फोर्समा युवा, प्रतिरोध गर्नसक्ने, भाग्न सक्ने, शारीरिक रुपमा समेत फिट व्यक्तिलाई राखिन्छ । यसले गर्ने अपरेसन र कारवाही पठाउने कमान्डर र फिल्डमा जाने व्यक्तिबाहेक अरुलाई थाहा हुँदैन । महानगरीय प्रहरी परिसर काठमाडौंका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीका अनुसार शनिबार पक्राउ परेका लामा विप्लव समूहको ‘एसटीएफ’ फोर्सका सक्रिय सदस्य हुन् । उनी विप्लव समूहको गठनसँगै लागेको बताइन्छ । उनी युद्धकालीन कार्यकर्ता भने होइनन् । परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक (डीएसपी) होविन्द्र बोगटीले भने, ‘‘पक्राउ परेका लामाको बारेमा अनुसन्धान जारी छ ।

उनी हार्डकोर टिमका सदस्य हुन् । केही खोल्नै मान्दैनन् । यस्ता प्रकारका कार्यकर्तालाई पक्राउ परिहाले पनि केही नखोल्नु भन्ने तालिम हुन्छ ।’’ डीएसपी बोगटीले उनको नेटवर्क लगायतको अनुसन्धान भइरहेको बताए । उनको साथबाट हतियारसँगै २० ओटा गोलीसँगै पाँचओटा मोबाइल र बाइनाकुलर समेत बरामद भएको छ । यसले विप्लव समूहले राजधानीमै कसैलाई निसाना बताएको त थिएन भन्ने आशंका जन्मिएको छ ।

कसलाई निसाना बनाउँदैछ विप्लव समूह  ?

त्यसो त विप्लव समूहले भौतिक कारबाही गर्ने नीति नलिएको दाबी गर्दै आएको छ । तर आन्तरिक रुपमा आत्मरक्षा, सन्तुलन र आक्रमणको नीति अवलम्बन गरेको छ । जसका लागि जनसेना गठनदेखि एसटीएफ फोर्ससम्म बनाएको छ ।

कतिपय स्थानमा जनप्रतिनिधिमाथि कालोमोसो दल्ने काम पनि विप्लव समूहका नेता–कार्यकर्ताले गर्दै आएका छन् । सरकारले प्रतिबन्ध लगाएको विप्लव समूहले सुरक्षाकर्मीका सुराकीलाई आफ्ना गतिविधि बन्द गर्न पटक–पटक धम्की दिँदै आएको छ ।

एसटीएफका कार्यकर्ता पक्राउ परेपछि विप्लव समूहले राजधानीमै कसैलाई भौतिक आक्रमणको निसाना त बनाएको थिएन ? भन्ने आशंका जन्मिएको छ । एक उच्च प्रहरी अधिकारीका अनुसार केही व्यक्तिलाई विप्लव समूहले भौतिक आक्रमण (ज्यान मार्नेसम्म)को योजना बनाएको छ । विप्लव समूहले केही जनप्रतिनिधि, नेतामाथि आक्रमणको योजना बनाएको बताइन्छ । शनिबार पक्राउ परेका लामालाई हातहतियार तथा खरखजनालगायत कसुरमा मुद्दा चलाउने प्रहरी तयारी छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १, २०७६  १२:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC