site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हङकङ आन्दोलन एघारौं सातामा, दशौं हजारले निकाले र्‍याली
Ghorahi CementGhorahi Cement

हङकङमा दुई महिनाभन्दा अघिदेखि निरन्तर आन्दोलन र प्रदर्शनहरु भइरहेका छन् । प्रदर्शन रोकिने कुनै संकेतहरु देखिएका छैनन् । प्रदर्शनको ११ औं हप्तामा भारी वर्षाका बाबजुद पनि आज हङकङको भिक्टोरिया पार्कमा दशौं हजार प्रदर्शनकारीहरु जम्मा भएका छन् । गत हप्ता भएका हिंसात्मक घटनापछिको यो पहिलो प्रदर्शन भएको बताइएको छ । 

वर्षातका समयमा पनि किन र्‍याली ? 

यो र्‍याली नागरिक समाज र मानव अधिकारवादी संस्था (सीएचआरएफ) हरुले आयोजना गरेका हुन् । परम्परागत प्रजातन्तन्त्रमा विश्वास गर्ने यस संस्थाले गत जुनमा पनि दुई महत्वपूर्ण शान्तीपूर्ण र्‍याली आयोजना गरेको थियो । 

Agni Group

गत हप्ता हङकङ विमानस्थलमा हिंसात्मक प्रदर्शनह भएपछि यसलाई शान्तिपूर्ण प्रदर्शन गर्ने उद्देश्यले र्‍याली निकालिएको बताइएको छ । र्‍यालीको नारा "हङकङबासीको भेला: शान्तिपूर्ण, तर्कसंगत र अहिंसात्मक" रहेको छ ।

प्रहरीले प्रदर्शनकारीहरुलाई भिक्टोरिया पार्कमा मात्र भेला हुने अनुमति दिएको छ । तर, उनीहरुलाई उक्त पार्कबाट बाहिर निस्केर जिल्लाको केन्द्रस्थित चार्टर गार्डेनतर्फ र्‍याली निकाल्ने योजना बनाएका छन् । 

Global Ime bank

प्रदर्शनकारीहरुले अनुमति क्षेत्रबाट बाहिर निस्कने कोशिस गरेमा शान्तिपूर्ण र्‍याली निकाल्ने उद्देश्य विपरित प्रहरीले उक्त र्‍यालीलाई दबाउने प्रयास गर्दा झडप हुने सम्भावना रहेको छ । 

यसअघि सोमबार र मंगलबार प्रदर्शकारीहरुले विमानस्थल क्षेत्रमा निरन्तर आन्दोलन जारी राखेपछि एसियाकै व्यस्तमध्येको एक हङकङ विमानस्थलमाका सम्पूर्ण उडानहरु रद्द गरिएका थिए । उक्त प्रदर्शन हिंसात्मक भएपछि कयौं प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । जसमध्ये दुई जनालाई 'अन्डरकभर' प्रहरी भएको आरोपमा कुटपिट गरिएको थियो । बिहीबार भने उक्त प्रदर्शन हिंसात्मक भएको भन्दै प्रदर्शनकारीले क्षमायाचना गरेका थिए । 

प्रहरी रणनीति र हिंसा 

"कानुनको नजरमा सबै बराबर हुन्छन्," हङकङको आजको प्रदर्शनमा सहभागी हङकङका ३९ वर्षीय अभिनेता होवार्डले गत साता भएको प्रहरी र आन्दोनकारीबीचको झडपको निर्णय कानुनले गर्ने बताएका छन् । 

उनले भने, "हामी गत साता कानुनको उल्लंघन जनताले गरे वा गरेनन् भनेर भन्दैनौं । कसैले कानुनको उल्लंघन गरेको छ भने उ कानुनअनुसार कारबाही भोग्न तयार हुनुपर्छ । तर, यस सँगसँगै हामी भन्‍न चाहन्छौं कि ती प्रहरी जसले कानुनको उल्लंघन गरे उनीहरुले पनि सजायको भागीदार हुनुपर्छ ।"

उनले आफू प्रहरीको हिंसात्मक दमनका विरुद्ध आन्दोलनमा उत्रिएको बताए । प्रदर्शनकारीहरुको भेषमा आएका प्रहरीले र अपराधिक समूहले भीडमा आक्रमण गरेको उनले बताए । 

"हामी सरकारले हाम्रो कुरा सुनोस् भन्‍ने चाहन्छौं । सरकारले पारित गर्न लागेको सुपुर्दगी ऐन फिर्ता लेओस् भन्‍ने चाहन्छौं र प्रहरीको दमनका विषयमा स्वतन्त्र निकायले छानबिन गरेर दोषीलाई कारबाही गरोस् भन्‍ने चाहन्छौं," होवार्डले भने ।

दुई महिनादेखि निरन्तर आन्दोलनमा भए पनि सरकारले आफ्नो कुरा सुन्‍नेमा अझै आशा नमारेको र सरकारले आफ्ना मागहरु पूरा नगरेसम्म आन्दोलन जारी राख्नेसमेत उनले बताए । 

हङकङका आन्दोलनरत आन्दोलनकर्ताहरुलाई दमन गर्न प्रहरीले अत्यधिक प्रहरी परिचालन गरेको थियो । प्राय: दैनिक रुपमा त्यहाँ अश्रु ग्यास प्रहार गरिएको थियो । प्रहरीको दमनविरुद्ध आन्दोलनकारीहरु पनि आक्रोशित भएर हिंसाले ठूलो रुप लिएको थियो । 

तर, प्रहरीका उच्च अधिकारीहरुले भने आफ्नो तर्फबाट कुनै पनि किसिमको दमन नभएको दाबी गरेका छन् । प्रहरीले अपराधिक क्रियाकलापविरुद्ध कानुनबमोजिम कारबाही गरिएको र कुनै किसिमको अनुसन्धानका लागि स्वतन्त्र निकाय गठन नगरिनेसमेत बताएको छ । 

दुई महिनामा एक हजार राउण्डभन्दा बढी अश्रु ग्यास प्रहार 

विगत दुई महिनादेखि जारी आन्दोलनमा कयौं पटक प्रहरी र प्रदर्शनकारीबीच झडप र दंगा भएको छ । जुन ९ देखि सुरु भएको उक्त झडपमा प्रहरीले १६० भन्दा बढी राउन्ड रबरका गोली, १५० भन्दा बढी पटक स्पोन्ज बुलेट र एक हजारभन्दा बढी राउन्ड अश्रु ग्यास प्रहार गरिएको हङकङका प्रहरी प्रवक्ताले बताएका छन् । 

यो तथ्यांक गत साताको हो । त्यसयता यो संख्या बढेको बताइएको छ । त्यसपछि पनि कयौं पटक झडप र आन्दोलनहरु भएका छन् । यससँगै गत वर्ष खरिद गरिएका तीन थान फ्रान्स निर्मित पानीको फोहोरासमेत भएको दंगा नियन्त्रण गाडीसमेत दंगा नियन्त्रणका लागि प्रयोग गरिएका थिए । 

यता प्रदर्शनकारीहरुले इँटा प्रहार तथा अन्य तरल पदार्थहरु प्रहार गर्ने र प्रहरी अधिकारीको आँखामा लेजर पोइन्टर लगाउन र अश्रु ग्यासका सेलहरु हान्ने गरेका थिए । प्रदर्शनकारीहरुले पनि प्रहरी चौकी नजिकै आगजनी गर्ने, रेलिङ तथा बारहरु भत्काउने गरेका थिए । 

सीएनएन

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १, २०७६  १६:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC