site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेपाललाई भारतले सिक्किम बनाउँछ भन्‍ने सोच्‍न पनि सकिन्‍न: परराष्ट्रमन्त्री
Sarbottam CementSarbottam Cement

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले नेपाललाई सिक्किम बनाउँछ भन्ने कल्पनै गर्न नसकिने बताएका छन् । यही भदौ ४ र ५ गते हुने नेपाल–भारत संयुक्त बैठकका बारेमा जानकारी दिन मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलमा उनले यस्तो बताएका हुन् । 

कांग्रेस नेता प्रदिप गिरिले संसदको अन्तराष्ट्रिय सम्बन्ध समिमतिमा भारतले सकेको दिन नेपाललाई सिक्किम बनाउँछ भनेका थिए । परराष्ट्रमन्त्रीले गिरिको सो भनाइको खण्डन पनि गरेका छन् । “नेपालको स्वतन्त्रतालाई त्यो ढंगको कल्पना गरिन्छ भन्ने सोच्ने विषय होइन,” उनले गिरिको भनाइको खण्डन गर्दै भने, “नेपाल सरकार त्यसको खण्डन गर्दछ ।”

Prabhu Bank
Agni Group
NIC Asia

जम्मु काश्मीरको विषय एजेन्डा बन्दैन

परराष्ट्रमन्त्री ज्ञवालीले जम्मु काश्मीरको विषय नेपाल–भारत संयुक्त बैठकको एजेन्डा नबन्ने बताए । उनले भने, “काश्मीरको विषय एजेन्डा बन्दैन । बन्ने विषय पनि होइन ।” उनले नेपाल क्षेत्रीय शान्तिको पक्षमा रहेको भन्दै जम्मु काश्मीरको विषयले त्यसमा समस्या नल्याउने पनि स्पष्ट पारे । दुई मुलुकबीच समस्या भए त्यसलाई शान्तिपूर्ण वार्ताबाट समाधान गर्न सकिने भन्दै उनले वार्ता नै एकमात्र समाधानको उपाय भएको बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २, २०७६  १४:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC