site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
काश्मीर विवादबीच पाकिस्तानद्वारा सैन्य प्रमुखको कार्यकाल थप
Sarbottam CementSarbottam Cement

इस्लामावाद । भारतीय संविधानमा काश्मीरबारे विशेष व्यवस्था भएको धारा ३७० लाई खारेज गरेपछि भारत-पाकिस्तानबीच राजनीतिक विवाद चलिरहेका समय पाकिस्तानी सैन्य प्रमुखको कार्यकाल आगामी तीन वर्षका लागि थप गरिएको पाकिस्तानी अधिकारीले सोमबार बताएका छन् । 

भारतले काश्मिरलाई केन्द्र सरकार मातहत राख्ने निर्णय र अमेरिकी प्रशासनले शान्ति सम्झौता गरी अफगानिस्तानबाट अमेरिकी सेनालाई फिर्ता लान खोजिरहेका समय पाकिस्तानले आफ्ना सैन्य प्रमुख जनरल कमार जाभेद बाजवाको पदावधि तीन बर्षका लागि थप्ने निर्णय गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

पाकिस्तानी प्रधानमन्त्री इमरान खानको कार्यालयद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “जनरल कमार जाभेद बाजवा आगामी आगामी तीन बर्षका पुनः सेना प्रमुखका रूपमा रहनेगरी नियुक्त गरिएको छ । निर्णय क्षेत्रीय सुरक्षा वातावरणलाई मध्यनजर गर्दै लिइएको छ ।”

पदावधि थपबारे पाकिस्तानी सैनिक प्रवक्ताले पनि पुष्टि गरेका छन् यसलाई राष्ट्रिय सुरक्षाका दृष्टिले अत्यावश्यक निर्णयका रूपमा पाकिस्तानले उल्लेख गरेको छ । - एजेन्सी

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ३, २०७६  ००:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC