site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राजनीतिक ‘इगो’
Sarbottam CementSarbottam Cement

दाङ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अझै गति लिन सकेको छैन । व्यक्तिगतदेखि राजनितिक इगोसमेत यहाँ छचल्किएको देखिन्छ । राजनीतिक स्वार्थको भूमरीमा फसेको छ, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान । प्रतिष्ठान सरकारी हो वा स्वायत्त संस्था हो भन्ने सवालमा पनि इगो देखिएको छ । केहीले यसलाई सरकारी प्रतिष्ठान भनेका छन् त कसैले राजनीतिक स्वार्थ अनुरुप आफ्ना पक्षका कर्मचारी भर्ना गर्ने प्रयास गरिरहेका छन् । 

तर विशेषज्ञ चिकित्सक प्रतिष्ठानमा चाहिन्छ, उनीहरुलाई उपयुक्त पारिश्रमिक दिइनुपर्छ भन्ने सवालमा कुनैपनि राजनीतिक दलले स्पष्ट अभिव्यक्ति दिएका छैनन् ।

Prabhu Bank
Agni Group
NIC Asia

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन भएको दिन तत्कालिन राप्ती उपक्षेत्रीय अस्पतालमा दिपावली भएको थियो । त,र त्यो दियो अहिले निभेको छ । अर्थात् राजनीतिक स्वार्थमा अलमलमा परेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान एउटा त्यस्तो सरकारी प्रतिष्ठानको नमुना हो, जहाँ न्यूनतम बजेट समेत सरकारले दिएको छैन । यही वर्षको प्रतिष्ठान सभामा कुलपति तथा प्रधानमन्त्री केपी ओलिले छानबिन समितिको प्रतिवेदनलाई राजनीतिक पत्रको संज्ञा दिए । त्यसमा उनी धेरै अल्झिन चाहेनन् । उनले भनेका थिए, “स्वास्थ्य संस्थालाई राजनीतिक रुपले होइन, प्रविधिमैत्री बनाएर सञ्चालन गर्न आवश्यक छ ।” तर, राजनीतिले प्रतिष्ठानलाई छाडेको छैन । 

प्रतिष्ठानले यो आर्थिक वर्षमा एउटा एकेडेमिक कक्षा सञ्चालन गर्न सक्नुपर्थ्यो । त्यसको वातावरण स्थानीय तहबाट मिलाइनुपर्थ्यो । तर प्रतिष्ठानमा राजनीतिक लडाइँ जारी छ । प्रतिष्ठानलाई राज्यले हेरेको छैन । त्यसको मुख्य कारण कांग्रेसको कार्यकालमा नियुक्त गरिएकी उपकुलपति डा. संगिता भण्डारी रहेको स्थानीय सरोकारवाला बताउँछन् । उनले प्रतिष्ठानलाई स्वायत्त बनाउन खोजिरहेकै अवस्थामा उनलाई कालोमोसो दल्नेसम्मका अभिव्यक्ति दिएका थिए जिल्लाका संघीय सांसदले । जागिरबाट बर्खास्त हुने डरले तत्कालिन राप्ती उपक्षेत्रीय अस्पतालका कर्मचारीहरुले करिब एक महिना काम नै बन्द गरेका थिए । अस्पताल फोहोरले भरिएको थियो । इमर्जेन्सी बाहेकका सबै सेवा करिब एक महिना अवरुद्ध भएका थिए ।

Global Ime bank

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार रामप्रसाद प्याकुरेल नेपाल सरकारले निर्दिष्ट गरेको अवस्थामा आफूहरुले सोही अनुरुप सेवा सुविधा दिएर विशेषज्ञ चिकित्सक राख्न सकिने बताउँछन् । साथै प्रतिष्ठानले यो विषयमा अनुरोधपत्र नेपाल सरकार स्वास्थ्य मन्त्रालयमा पठाइसकेको जनाएको छ । 

नेपाल सरकारले नै गठन गरेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानालाई वार्षिक कार्ययोजना र बजेट विनियोजनका सवालमा धेरै पक्षपात गरेको छ । जसका कारण प्रतिष्ठानले गति लिन सकेको छैन । प्रतिष्ठानमा अझैपनि सरकारको दरवन्दीका चिकित्सकहरु रहेका छन् । 

रजिष्टार प्याकुरेल भन्छन्, “हामीले आफ्नो नियमावली र विधान अनुरुप काम गर्न चाहेका छौं, तर सरकारले सरकारी चिकित्सकलाई काम लगाइरहेको छ  ।”
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ३, २०७६  १२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC