site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विप्लव समूहसँग युद्धकालमै लुकाइएका हतियार ! भारतबाट पनि ल्याइँदै
Ghorahi CementGhorahi Cement

काठमाडौं । तत्कालीन विद्रोही दल नेकपा माओवादीको मूल हिस्सा यतिबेला तत्कालीन नेकपा एमालेसँग एकता गर्दै नेकपा भइसकेको छ । तत्कालीन माओवादीको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका थिए । तिनै प्रचण्ड नेतृत्वबाट छुट्टिएर बनेको अर्को समूह हो, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा । सरकारले जसलाई विप्लव समूह भनेर परिभाषित गरेको छ । 

०५२ सालदेखि ०६२ को अन्त्यसम्म हतियारवद्ध संघर्षमा रहेको प्रचण्ड नेतृत्वको माओवादी शान्तिपूर्ण राजनीतिमा आउँदा प्रचण्डसँगै छुट्टिएको विप्लव समूह भने विद्रोहको रणनीति लिएर अगाडि बढेको छ ।

तत्कालीन माओवादीका जनसेना हतियारसहित नेपाली सेनामा समायोजन भइसकेका छन् भने अधिकांश अवकाशमा गएका थिए । प्रचण्डले तत्कालीन समयमा भएका सबै हतियार राज्यलाई बुझाइसकेको बताउँदै आएका थिए । तर विप्लव समूहका नेता–कार्यकर्ता धमाधम अत्याधुनिक हतियारसहित पक्राउ पर्न थालेका छन् । सरकारले प्रतिबन्ध लगाएको विप्लव समूहले आधिकारिक रुपमा आफूसँग हतियार नै नभएको दाबी गरे पनि घटनाक्रमले त्यसलाई पुष्टि गर्न सकेको छैन ।

Agni Group

विप्लव समूहसँग अत्याधुनिक हतियार

गत फागुन १५ गते धरानबाट एक अत्याधुनिक हतियारसहित मोरङ केराबारी गाउँपालिका–१० बाहुनीका देवकुमार लिम्बू पक्राउ परे । उनको साथबाट एम–१६ राइफल बरामद भयो, जुन हतियार नेपाली सेनाले मात्र प्रयोग गर्छ । जुन हतियार तीन सुरक्षा निकायमध्ये नेपाली सेना सँगमात्र रहेको छ । बरामद भएको एम–१६ अमेरिकी राइफल हो । पक्राउ परेका लिम्बू नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कोशी ब्युरो सदस्य भएको खुलेको थियो ।

Global Ime bank

शनिबारमात्रै महानगरीय प्रहरी वृत्त थानकोटले अटोमेटिक पेस्तोल दुई थान र गोली २० राउन्डसहित विप्लव समूहको ‘एसटीएफ’ कार्यकर्ता पक्राउ गरेको छ । ललितपुर कोन्ज्योसम गाउँपालिका–२ बस्ने २८ वर्षीय मुनाल भन्ने सुलभ लामा नागढुंगास्थित चेकप्वाइन्टबाट अटोमेटिक पेस्तोल दुई थान र गोली २० राउन्डसहित लामा पक्राउ परेका हुन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार सरकारले गत फागुनमा विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि मात्रै १६ वटा पेस्तोल र त्यही पेस्तोलमा लाग्ने ८८ वटा गोली बरामद गरिसकेको छ । यस्तै थ्री नट थ्री एक थान, भरुवा बन्धुक ५ वटा, छर्रा ४२८ वटा, एसएसलआर एक थान, त्यसमा लाग्ने गोली ९०, एलएमजी एक थान, एसएमजी २ थान, त्यसमा लाग्ने गोली ६४ राउण्ड, एम–१६ एक थान र अन्य गोली १७९ बरामद गरेको छ ।पछिल्लो पाँच महिनामा मात्रै विप्लव समूहका नेता–कार्यकर्ताबाट यो संख्यामा हतियार बरामद हुनु ठूलो सुरक्षा चुनौती भएको सुरक्षा अधिकारीको तर्क छ । 

प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेल अवैध हतियारको खोजी, नियन्त्रण र हतियारधारीलाई कानुनी दायरामा ल्याउन सक्रिय भएको बताउँछन् । उनले भने, ‘‘यो वा त्यो समूह भन्दैनौं । अवैध हतियार बोक्ने जोकोही पनि कानुनको दायरामा ल्याउँछौं ।’’ हतियारले अपराध नै जन्माउने बताउँदै डीआईजी पोखरेलले हतियारधारी समूहको जानकारी भए प्रहरीलाई सूचना दिएर सहयोग गर्न आग्रह गरे ।

प्रहरीले विप्लव समूहबाट बरामद गरेको अधिकांश हतियार द्वन्द्वकालमा तत्कालीन माओवादीले राज्यकै सुरक्षाकर्मीबाट लुटेको हुनसक्ने बताइन्छ । यसअघि प्रहरीले ०७३ पुसमा जुम्लाबाट २ थान एसएलआर, ०७० कात्तिकमा जाजरकोट सदरमुकाम खलंगाबाट ६ थान एसएलआर, २ थान टु इन्च मोर्टार र ४४ थान थ्रिनट थ्री राइफल समेत बरामद गरेको थियो । ०७१ मा मनाङमा एके–४७ सहित दुईजना माओवादी कार्यकर्तालाई पक्राउ गरेको थियो ।

यी तथ्यले पनि तत्कालीन माओवादीले सबै हतियार राज्यलाई बुझाएको थिएन वा केही हतियार लुकाइएको थियो भन्ने खुल्छ । प्रहरीले कतिपय हतियार वेवारिसे अवस्थामा पनि बरामद गर्दै आएको छ । सशस्त्र द्वन्द्वमा तत्कालिन विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले सुरक्षाकर्मीबाट साना ठूला गरी पाँच हजार बढी हतियार लुटेको बताइन्छ । तर माओवादी शान्ति प्रक्रियामा आएपछि ती सबै हतियार बुझाइएनन् ।

माओवादीले युद्धकालमा सबैभन्दा बढी नेपाल प्रहरीका त्यसपछि सशस्त्र प्रहरीको र त्यसपछि नेपाली सेनाबाट हतियार लुटेको सुरक्षा अधिकारी बताउँछन् । शान्ति प्रक्रियामा आउँदा माओवादी जनसेना शिविरमा बस्न थालेपछि नेताहरुको सुरक्षाका लागि भन्दै हतियार बाहिरै राखिएको थियो ।

माओवादीकै नेताहरुको भनाइअनुसार तत्कालीन समयमा सरकारसँग वार्ता भंग भएको अवस्थामा वा अन्य कुनै कारणले फेरि युद्धमै जानुपर्ने अवस्थाको आकलन गर्दै सबै हतियार ब्यारेकमा राखिएको थिएन । ती हतियार नेताका योजनाअनुसार लुकाइएका वा कतै राखिएका थिए । प्रचण्ड नेतृत्वबाट विप्लव समूह छुट्टिएपछि ती हतियार विप्लव समूहको कब्जामा गएको हुनसक्ने तत्कालीन माओवादी नेताहरु बताउँछन् ।

भारतबाट पनि ल्याइँदै हतियार

पछिल्लो समय विप्लव समूहले विभिन्न स्थानमा विस्फोटका घटनालाई जारी राखेको छ । नेता–कार्यकर्ता हतियारसहित पक्राउ पर्न थालेका छन् । विप्लव समूहले चन्दा संकलन अभियान तिव्र पारेको छ । आर्थिक संकलनको मुख्य काम भनेको हतियारका लागि पुँजी जम्मा गर्नु भएको बताइन्छ । युद्धकालीन हतियार सबै काम लाग्ने अवस्थामा छैनन् । त्यसैले खुला सीमाको फाइदा उठाउँदै विप्लव समूहले भारतबाट अवैध हतियार किन्ने गरेको बताइएको छ । तत्कालीन माओवादीले समेत युद्धकालीन अवस्थामा भारतबाटै हतियार किन्ने गरेको थियो ।

विप्लव समूहले हतियार र विस्फोटक पदार्थ भारतबाट भित्र्याएको पाइएको प्रहरी अधिकारी बताउँछन् । खुला सीमाका कारण भारतबाट अवैधरूपमा विस्फोटक सामग्री भित्रिने गरेको प्रहरी अधिकारीको अनुभव छ । भारतबाट आउने हतियारमा प्रायः सटगन, पेस्तोल र गोलीहरु रहेको प्रहरी उच्च स्रोत बताउँछ । यसबारे नेपाली अधिकारीले दुई देशका अधिकारीको सुरक्षा बैठकमा समेत कुरा उठाउँदै आएका छन् । तर भारतीय पक्षले यसलाई गम्भीरतापूर्वक नलिएको बताइन्छ ।

प्रतिबन्धपछि आठ जनाले ज्यान गुमाए

प्रतिबन्धपछि विप्लव समूहका आठ जना कार्यकताले ज्यान गुमाएका छन् । जसमा दुईजनाको प्रहरीको गोली लागेर ज्यान गएको छ भने ६ जना आफैंले बोकेको बम विस्फोटमा परेर । ज्यान गुमाउनेहरुमा काठमाडौंका चार, भोजपुरका दुई, कैलालीका एक र सर्लाहीका एक जना छन् । एक प्रहरी जवानको विप्लव समूहको गोली लागेर ज्यान गएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ३, २०७६  १२:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC