site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सिंहदरबारभित्रै कर्मचारी मृत फेला
Sarbottam CementSarbottam Cement

काठमाडौं । सिंहदरबारभित्रै एक कर्मचारी मृत फेला परेका छन् । सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगमा कार्यरत नायब सुब्बा बच्चुराम केसी कार्यालयमै मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

प्रहरी टोली घटनास्थलमा पुगेको र अनुसनधान सुरु गरेको उनले बताए ।उनी लडेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । अहिले प्रहरी घटनास्थलमै रहेको र प्रारम्भिक अनुसन्धान जारी राखेको महानगरीय प्रहरी वृत सिंहदरबारका डीएसपी कौशल बुढाथोकीले जानकारी दिए । केसी सोमबार कार्यालयको काम सकेर घर गए नगएको अहिलेसम्म केही खुलिसकेको छैन । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले कार्यालयमै आत्महत्या गरेको हुन सक्ने कर्मचारी र प्रहरीको प्रारम्भिक आशंका रहेको छ ।

उनले विष सेवन गरेर आत्महत्या गरेको हुन सक्ने बताइएको भए पनि सीसीटीभी फुटेज हेर्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ३, २०७६  १२:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC