देश
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा खुकुरी देखाएर भिडियो बनाउँदै प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवालाई काट्छु भन्ने बाराका सागर क्षेत्री पक्राउ परेका छन् । पक्राउ परेका क्षेत्रीमाथि महानगरीय अपराध महाशाखाको टोली अनुसन्धान अगाडि बढाएको छ ।
सोमबार बारामै पक्राउ परेका क्षेत्रीलाई काठमाडौं ल्याइएको र साइबर अपराधमा मंगलबार म्याद थप गर्न लागिएको महाशाखाका एसएसपी सहकुल थापाले बताए । क्षेत्रीले नुवाकोटका पत्रकार शालिकराम पुडासैनी हत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई फसाउन खोजेको भन्दै भिडियोमा अश्लील गाली गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, भदौ ३, २०७६ १५:२४
प्रतिक्रिया दिनुहोस्