site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एकल बिन्दु सेवा केन्द्रमा तीन महिनामा एक खर्बभन्दा बढीका उद्योग दर्ता
Ghorahi CementGhorahi Cement

काठमाडौं । उद्योग विभागमा सञ्चालनमा आएको एकल बिन्दु सेवा केन्द्रमा तीन महिनाको अवधिमा १ खर्ब भन्दा बढी लगानीका ८५ उद्योग दर्ता भएका छन् । केन्द्रले दिएको जानकारीअनुसार साउन ३० गतेसम्ममा केन्द्रमा १ खर्ब ७ अर्ब ५० करोड ८० लाख ३० हजार लगानीका ८५ उद्योग दर्ता भएका हुन् ।
केन्द्रमा दर्ता भएका उद्योगमध्ये ऊर्जा क्षेत्रमा मात्र ९७ अर्ब ३८ करोड ५७ लाख पुँजीका २५ उद्योग दर्ता भएका छन् ।

यसैगरी कृषि तथा वन्यजन्तु क्षेत्रमा ५, सूचना तथा प्रसारण तथा सञ्चार प्रविधि क्षेत्रमा ६, उत्पादनमूलक क्षेत्रमा २०, सेवामूलक क्षेत्रमा ९ र पर्यटनमूलक क्षेत्रमा २० गरेर कुल ८५ उद्योग केन्द्रमा दर्ता भएका छन् । जसमध्ये कृषि तथा वन्यजन्तु क्षेत्रमा १ अर्ब ४५ करोड २ लाख कूल पुँजीका ५ उद्योग, सूचना, प्रसारण तथा सञ्चार प्रविधि क्षेत्रमा ६ करोड ६३ लाख ६० हजार पुँजीका ६ उद्योग दर्ता भएका छन् भने उत्पादनमूलक क्षेत्रमा ५ अर्ब २ करोड ३३ लाख ७० हजार पुँजीका २० उद्योग दर्ता भएका छन् ।

त्यसैगरी, सेवामूलक क्षेत्रमा ५० करोड ५७ लाख ९० हजार मूल्य बराबरका ९ उद्योग दर्ता भएका छन् भने पर्यटनमुलक क्षेत्रमा ३ अर्ब ७ करोड ६६ लाख मूल्य बराबरका २० उद्योग गरेर कुल १ खर्ब ७ अर्ब ५० करोड ८० लाख ३० हजार रुपैयाँ बराबरका ८५ उद्योग दर्ता भएका हुन् । केन्द्रका अनुसार ८५ उद्योगकोे स्थिर पूँजी १ खर्ब ४ अर्ब १६ करोड ४४ लाख १० हजार रुपैयाँ रहेको छ भने चालु पूँजी भने ३ अर्ब ३४ करोड ३६ लाख २० हजार रुपैयाँ रहेको छ ।

Agni Group

केन्द्रका अनुसार तीन महिनाको अवधिमा दर्ता भएका ८५ उद्योगले ४ हजार ७ सय २२ जनालाई रोजगारी प्रदान गर्ने क्षमता राखेका छन् ।

उद्योग विभागले गत जेठ १ गते एकल बिन्दु सेवा केन्द्रको सुरुवात गरेको थियो । एकल विन्दु सेवा केन्द्रको सुरुवात भएसँग लगानीकर्ताले सहज रुपमा सेवा प्राप्त गर्न सहज भएको छ । लगानीकर्ताले फाईल बोकेर हिँडिरहनु पर्ने अवस्थाको अन्त्य भएको छ । उद्योग व्यवसायीलाई आवश्यक पर्ने सबै प्रकारको सहजीकरण केन्द्रमा उपलब्ध छ ।

Global Ime bank

केन्द्रमा उद्योग दर्ता, भन्सार तथा राजस्व, वातावरण, प्रशासन तथा कानुन, पूर्वाधार (उर्जा तथा सञ्चार समेत) जग्गा सहजीकरण, विदेशी विनिमय सहजीकरण, भिसा सहजीकरण, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण लगाएत ९ इकाइहरु रहेका छन् । भने १२ निकायको प्रतिनिधित्व रहेको छ ।
एकल बिन्दु सेवा केन्द्रको सुरुवात भएसँगै लगानीकर्ताले सहज रुपमा उद्योगमा लगानी गर्ने वातावरण भएको प्रस्ट हुन्छ ।

९९ वैदेशिक लगानीका उद्योग स्वीकृत

यसैबीच उद्योग विभागले तीन महिनाको अवधिमा वैदेशिक लगानीका ९९ उद्योगले स्वीकृत प्राप्त गरेको जानकारी दिएको छ ।

विभागले दिएको जानकारी अनुसार वैदेशिक लगानी अन्तर्गत पर्यटनमूलक क्षेत्रमा सबैभन्दा धेरै ९ अर्ब २० करोड मूल्य बराबरका ५८ उद्योग दर्ताको प्रकृयामा छन् भने सेवामूलक क्षेत्रमा ६ अर्ब ४२ करोड ३० लाख मूल्य बराबरका ३० उद्योग दर्ताको लागि स्वीकृति पाएका छन् ।

त्यसैगरी, उत्पादनमूलक क्षेत्रमा १ अर्ब ६ करोड ४३ लाख ५० हजार मूल्य बराबरका ६ उद्योग दर्ता भएका छन् भने सूचना तथा प्रविधि क्षेत्रमा ३५ करोड मूल्य बराबरका ३ उद्योग र कुषि तथा वन्यजन्तु क्षेत्रमा ३० करोड मूल्य बराबरका ३ उद्योग दर्ता भएका छन् । विभागका अनुसार तीन महिनाको अवधिमा वैदेशिक लगानीतर्फ कुल १७ अर्ब ३३ करोड ७३ लाख ५० हजारबराबरका ९९ उद्योगले स्वीकृत लिएका हुन् । उद्योगको स्थिर पुँजी १३ अर्ब ९४ करोड ५७ लाख ६० हजार रहेको छ । त्यसैगरी, चालु पुँजी भने ३ अर्ब ३९ करोड १५ लाख ९० हजार रहेको केन्द्रले जानकारी दिएको छ । यी उद्योगले ६ हजार ६ सय ३५ जनालाई रोजगारी दिने क्षमता राख्छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ४, २०७६  १०:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC