काठमाडौं । सुनको मूल्य फेरि बढेको छ । गएको शुक्रबार प्रतितोला ७१ हजार ५ सय रुपैयाँ रहेको सुन आइतबार प्रतितोला ५ सय घटेर मंगलबारसम्म प्रतितोला ७१ हजार रुपैयाँ कायम रहेकोमा आज बुधबार पुनः तोलामा ३ सय वृद्धि भएको हो ।
आज सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी आइतबारदेखि प्रतितोला ७० हजार ७ सय रुपैयाँ स्थिर रहेको तेजाबी सुन पनि बुधबार प्रतितोला ३ सय बढेर ७१ हजार रुपैयाँ कायम भएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले बुधबारको लागि छापावाल सुन प्रतितोला ७१ हजार ३ सय र तेजाबी सुन प्रतितोला ७१ हजार रुपैयाँ कायम गरेको हो । सामान्यतयाः साउन सुनको मूल्य घट्ने महिना हो भन्ने गरिए पनि यो वर्ष साउनबाटै सुनको मल्य उकालो लाग्ने क्रम जारी छ ।
नेपालमा करिब दैनिक २० किलो सुन खपत हुने गरेको छ भने मुख्य सिजनमा यो परिमाण दैनिक ४० किलोसम्म पुग्छ ।