site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भारतीय मिडियाको दाबी– काश्मीर मामिलामा भारतलाई नेपालको समर्थन
Sarbottam CementSarbottam Cement

काठमाडौं । काश्मीर मामिलालाई लिएर दक्षिण एशियाका ७ वटा मुलुकले भारतको समर्थन गरेको समाचार आजको टाइम्स अफ इण्डियाले जनाएको छ । समाचारको शीर्षकमा नै भुटान र नेपालपछि बंगलादेशको पनि जम्मु काश्मीर ‘मुभ’मा भारतलाई समर्थन भन्ने राखिएको छ । 
तर नेपालले अहिलेसम्म आधिकारिक रुपमा समर्थन वा विरोध गरेको भनिसकेको छैन । 

यसरी काश्मीर मामिलामा भारतलाई समर्थन गर्ने मुलुकमा नेपाल समेत भुटान, बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स र अफगानिस्तान भएको जनाइएको छ ।  बंगलादेशको विदेशमन्त्रालयले बुधबार एक वक्तव्य प्रकाशित गरी जम्मु काश्मीरको विशेष दर्जा अन्त्य गर्ने निर्णयलाई आन्तरिक मामिला भनेको थियो । सो प्रकरणले क्षेत्रीय शान्ति र स्थिरतामा मद्धत गर्ने उसले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यो हप्ताको शुरुमै नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतको निर्णयले दुई पक्षीय सम्बन्धमा कुनै असर नगर्ने र यो भारतको आन्तरिक मामिला भएको जनाएको समाचारमा जनाइएको छ ।   ज्ञवालीले नेपालले त्यहाँको अवस्थालाई नियालीरहेको र त्यस क्षेत्रमा शान्ति र स्थिरता हुने कुरामा आशावादी भएको समेत बताएको जनाइएको छ । 

भारतको कदमलाई भुटानले पनि आफ्नो समझदारी देखाइसकेको जनाउँदै माल्दिभ्स र श्रीलंकाले सबैभन्दा पहिला त्यो मामिलालाई भारतको आन्तरिक मामिला भनेको समाचारमा उल्लेख छ ।  यसैगरी अफगानिस्तान पनि काश्मीर मामिलामा पाकिस्तानको विरुद्धमा रहेको समाचारमा जनाइएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ५, २०७६  ०९:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC