राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली देश बाहिर रहेका बेला पनि मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री ओली सिंगापुर रहँदा पनि मन्त्रिपरिषद् बैठक बस्ने जानकारी दिएका हुन् ।
सरकारको कार्यसम्पादन नियमावली २०६४ लाई संशोधन गरेर प्रधानमन्त्री स्वदेश वा विदेशमा रहेका बेला भिडियो कन्फरेन्सलगायत प्रविधि प्रयोग गरेर मन्त्रिपरिषद् बैठक बस्न सक्ने व्यवस्था गरिएको उनले जानकारी दिए । प्रधानमन्त्री ओली दुई साताका लागि बिहीबार स्वास्थ्य उपचारका लागि सिंगापुर गएका छन् ।
प्रकाशित मिति: बिहीबार, भदौ ५, २०७६ १६:५९
प्रतिक्रिया दिनुहोस्