site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बालुवाटारमा ओली र नेपालबीच भएको के हो ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली बिहीबार उपचारका लागि सिंगापुर गए । १२ वर्षअघि मृगौला प्रत्यारोपण गरिएका र बीचबीचमा नियमित स्वास्थ्य जाँच गराउँदै आएका ओली सिंगापुर जाने कार्यक्रम केहीदिनअघि नै तय भएको थियो । उसो त उनी साउन १८ गते सिंगापुरमै उपचार गरेर १० दिनपछि फर्किएका थिए । 

ओली दोस्रोपटक सिंगापुर जानुअघि नेकपाको सचिवालय बैठक बस्यो । पार्टी एकताको उत्तराद्र्धमा पुर्‍याइसकेको नेकपा सचिवालयसँग लम्बेतान कार्यसूची थिएन । ६ वटा महानगर कमिटीलाई पूर्णता दिने र प्रवास कमिटीबारे छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराइसकेका थिए । बैठक बिहीबार बिहान आठ बजेका लागि तय थियो । तर शुरू भयो दस बजेर बीस मिनेट गएपछि ।

झलनाथ खनाल अघिल्लै दिन चीन गइसकेका थिए । बैठकमा आठ नेता सहभागी थिए । बैठक अघिल्लो दिन तय गरेको कार्यसूचीमा प्रवेश गरेन । बरु नेताहरूबीच गलफती शुरू भयो । शुरूमा प्रसंग आयो– राजेन्द्र गौतमको । पार्टीका केन्द्रीय सदस्य तथा प्रेस संगठनका इन्चार्ज राजेन्द्र गौतमले बुधबार दिउँसो ३ बजे फेसबुकमा ‘एक व्यक्ति एक पदः बहुकेन्द्र निर्माण र अस्थिरताको जड’ भनेर स्ट्याटस लेखेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसमा वरिष्ठ नेता नेपालको आपत्ति थियो । नेपालले सचिवालयको बैठक शुरु हुनासाथै ‘राजेन्द्र गौतमलाई कारवाही गर्नुपर्छ’ भन्ने प्रस्ताव अघि सारेको स्रोतले जानकारी दियो । त्यसपछि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको अनुहारको भाव बदलियो । उनले तुरुन्तै प्रतिवाद गरे, “उसो भए तपाईंले पनि मेराविरुद्ध बुधबारमा केके लेखाउनुभएको छ नि !”

त्यसपछि बैठकमा दोस्रो विषयले प्रवेश पायो । प्रधानमन्त्री ओलीले भने, “मेरो उपस्थितिमा अध्यक्ष प्रचण्डले बैठक सञ्चालन गर्न सक्नुहुनेछ । म बाहिर भए पनि केही फरक पर्दैन, टेलिफोनमा सम्पर्क भइहाल्छ । पार्टी निर्णयमा मेरो पनि सहमति चाहिन्छ । सहमतिकै आधारमा सबै निर्णय गरौं ।” अघिल्लो दिन आफ्नो असहमतिका बीच पनि सचिवालयले जनसंगठनको इन्चार्ज सहइन्चार्ज चयन गरेको र चार जना नेतालाई सचिवालयमा ल्याउने प्रस्ताव बेवास्ता गरेकोमा असन्तुष्ट नेता नेपाल थप रुष्ट बने । उनले प्रतिवाद गरे, “किन सहमति पार्टीको जे विधि छ, त्यही अनुरूप निर्णय हुन्छ ।”

Global Ime bank

नेता नेपालले यसअघि गरेका निर्णय पनि बहुमतको आधारमा भएको संकेत गर्दै यस्तो धारणा राखेका थिए ।  “म पार्टी अध्यक्ष हुँ । मेरो सहमति बेगर निर्णय हुँदैन,” प्रधानमन्त्रीले बैठकमा भनेको स्रोतले उद्धृत गर्दै भन्यो । “सचिवालयका सबै नेताको हैसियत बराबरी छ,” नेपालले तत्कालै प्रतिवाद गरेको स्रोतले दाबी गर्‍यो ।

नेताहरुबीच भनाभन भएपछि महासचिव विष्णु पौडेलले ‘आजको बैठकले उपचारका लागि जान लाग्नुभएका अध्यक्ष ओलीको स्वास्थ्यलाभको कामना गरौं’ भनेर विषयान्तर गर्न खोजे ।  त्यसपछि नेता नेपालले पनि प्रधानमन्त्री ओलीलाई स्वास्थ्य लाभको कामना गरे । तर ओली अझै क्रूद्ध देखिए । उनले भने, “तपाईंको स्वास्थ्य लाभ चाहिँदैन । तपाईं मेरो स्वास्थ्य लाभ पनि चाहनुहुन्छ । बरु ‘अर्कै’ कामना गर्दै हिँड्नु भएको छ ।”

त्यसपछि नेपालले छानबिनको माग गर्दै भने, “त्यस्तो निकृष्ट मान्छे होइन म । म त्यस्तो कल्पना गर्न सक्दिनँ ।” अध्यक्ष र वरिष्ठ नेताबीच विवाद चर्किएपछि प्रचण्ड, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले ओलीलाई सम्झाएको कुरा स्रोतले उद्धृत गर्दै बाह्रखरीसँग भन्यो, “तपाईंले त्यसो गर्न हुँदैनथ्यो, स्वास्थ्य लाभको कामना भनिसकेपछि त्यसलाई स्वीकार्नुपर्थ्यो ।”

गलफतीकै बीच बिहीबारको बैठक सकिएपछि प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर प्रस्थान गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ५, २०७६  १९:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement