site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
मोबाइलको ब्याट्री धेरै टिकाउन यस्तो गर्नुपर्छ 
Sarbottam CementSarbottam Cement

एजेन्सी । मोबाइलको ब्याट्री लाइफ समयसँगै कम हुँदै जान्छ । ब्याट्री पुरानो हुँदै जाँदा त्यसले चार्जलाई लामो समयसम्म टिकाइराख्ने क्षमता पनि गुमाइरहेको हुन्छ जसकारण फोनको ब्याट्री छिटै सकिन थाल्छ । यस्तोमा हामीले आइफोन वा एन्ड्रोइड, जुनसुकै फोनको ब्याट्री लामो समयसम्म टिकाइराख्न विभिन्न उपाय अपनाउन सक्छौँ । 

फोनको सफ्टवेयर अपडेट गरिरहने
सामसुङ, एप्पल लगायतका कम्पनीले नियमति नयाँ अपडेट ल्याइरहेका हुन्छन् । यस्तोमा धेरैपटक फोन अपडेट गरिरहनुपर्दा हामीलाई दिक्क पनि लाग्न सक्छ तर वास्तवमा अपडेटले हाम्रो फोनलाई राम्रो बनाइरहेको हुन्छ । किनकी सबैभन्दा नयाँ र कार्यदक्ष सफ्टवेयरले हाम्रो फोनलाई धेरै भन्दा धेरै ब्याट्री लाइफ दिन सक्छ भने मोबाइलको सुरक्षा सुनिश्चित गर्न समेत मद्दत पुर्याउँछ । यसरी फोनमा नयाँ अपडेट उपलब्ध भएकाबारे ‘सेटिङ’ मा गएर हेर्न मिल्छ । 

ब्याकग्राउन्ड एप सीमित गराउने

Prabhu Bank
Agni Group
NIC Asia

हामीले फोनको सेटिङमा जाँदा त्यहाँ ‘ब्याट्री युजेज’ भन्ने टुल हुन्छ । फोन अनुसार त्यसमा कुन एपले कति ब्याट्री खाइरहेको छ भन्ने ग्राफ देखाउँछ । धेरै एपहरु हामीले बन्द गरिसकेपछि पनि ब्याकग्राउन्डमा चलिरहेका हुन्छन् जसले फोनको ब्याट्री छिटै सिध्याउन सक्छ । यस्तोमा हामीले ती एपहरुको सङ्ख्या सीमित गराउन सक्छौँ र सबैभन्दा धेरै ब्याट्री प्रयोग गर्ने एपलाई हटाउँदा पनि राम्रो हुन्छ । 

स्क्रिनको ब्राइटनेस सधैँ कम राख्ने

Global Ime bank

फोनको स्क्रिनको ‘ब्राइटनेट’ पूरा राख्नुले ब्याट्री एकदमै चाँडो सकिन्छ । त्यसैले विशेषगरी थोरै प्रतिशत ब्याट्री हुँदा हामीले त्यसलाई टिकाइराख्न ब्राइटनेस सबैभन्दा न्युनमा राख्न सक्छौँ । त्यस्तै कम ब्याट्री भएका बेला भिडियो हेर्ने, गेम खेल्ने गर्नाले पनि ब्याट्रीको क्षमता कम हुँदै जान्छ । यसैगरी नोटिफिकेसन आउँदा फोनको लाइट बल्छ भने कम चार्ज भएको अवस्थामा सो फिचर अफ गर्न सकिन्छ । 

डिस्कनेक्ट

त्यस्तै अतिआवश्यक क्षणका लागि मोबाइलमा भएको थोरै ब्याट्री जोगाउनुछ भने ‘एरोप्लेन मोड’ मा राख्न सकिन्छ । यसले वाइफाइ लगायत सबै नेटवर्क बन्द गरिदिन्छ र चार्ज केही धेरै समय रहिरहनसक्छ । 
 

फोनको ब्याट्री सेभर प्रयोग गर्ने 

प्रायः सबै फोनमा ब्याट्री सेभर फिचर हुन्छ । यसले हाम्रो मोबाइलको ब्याट्री अनावश्यक खर्च हुनबाट जोगाउँछ ।  – टाइमबाट
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०७६  ०७:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC