काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिममा मनाइने चाड गौरा पर्वको अवसरमा शुभमाकना व्यक्त गरेका छन् । सभापति देउवाले आज शुक्रबार विज्ञप्ति जारी गरेर गौरा पर्वको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट शुभकामना व्यक्त गरेका हुन् ।
उनले विशेष गरी सुदूरपश्चिममा मनाईने गौरा पर्व आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सामाजिक सद्भावना वढाउने काममा कोशेढुंगा सावित भएको उल्लेख गरेका छन् ।
“गौरा पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिबृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्ने शुभकामना दिन चाहन्छु,” विज्ञप्तिमा भनिएको छ ।