site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
प्रत्येक मिनेट अमेजोनमा फुटबल मैदान बराबर वनविनाश भइरहेको छ
Sarbottam CementSarbottam Cement

एजेन्सी । अमेजोन वन क्षेत्रलाई पृथ्वीको फोक्सो पनि भन्ने गरिएको छ किनकी विश्वको २० प्रतिशत अक्सिजन त्यहिँबाट उत्पादन हुने गर्दछ । त्यसैले जलवायु परिवर्तनका बढ्दो असरलाई कम गर्न पनि यसको भूमिका प्रमुख मानिन्छ । संयुक्त राज्य अमेरिकाको आधा बराबर क्षेत्रमा फैलिएको अमेजोन विश्वकै सबैभन्दा ठूलो ‘रेन फरेस्ट’ हो । तर यस वन क्षेत्रमा अघिल्लो वर्षको तुलनामा जुनमा मात्र ६० प्रतिशत बढी वन विनाश भएको पाइएको छ । वातावरण विद्हरुले राष्ट्रपति जेर बोल्सोनारोको नीतिको परिणाम स्वरुप यस्तो असर सुरु भएको बताएका छन् । 

अमेजोन रेन फरेस्ट नष्ट हुँदै जाने दर बोल्सोनारोको कार्यकाल सुरु भएका केही महिनामा स्थिर देखिएपनि गत मे र जुनमा भने यसले गम्भीर रुप लिएको ब्राजिलको राष्ट्रिय अन्तरिक्ष अनुसन्धान विभाग, आइएनपीइले जनाएको छ जसले स्याटलाइट मार्फत वन क्षेत्रको निरीक्षण गर्ने गरेको छ । गत महिनामा मात्र ७६९ वर्ग किलोमिटर सम्मको वन विनाश भएको आइएनपीइको डाटामा उल्लेख छ । यसको अर्थ अमेजोनमा प्रत्येक मिनेट एउटा फुटबल मैदान भन्दा ठूलो क्षेत्रका रुखबिरुवा नष्ट भइरहेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

अमेजोन वन क्षेत्रको दुई तिहाइ भन्दा बढी भूभाग ब्राजिलमा पर्दछ । त्यसैले वातावरणीय समुहहरुले राष्ट्रपति बोल्सोनारो र उनको सरकारमाथि आरोप लगाएका हुन् । उनैले देशमा बढ्दो वन विनाशमाथिको नियन्त्रणलाई कम गराइरहेकाले अमेजोन सो अवस्थामा पुगेको बताइएको छ । वातावरण सम्बन्धी सरकारी संस्थाका प्रमुख कार्लोस रिट्टी भन्छन्, ‘कार्यकालको पछिल्लो ६ महिना, बोल्सोनारो र उनका वातावरण मन्त्रीले ब्राजिलको वातावरण सुरक्षा सम्बन्धी नीति कमजोर बनाउने प्रयास गरिरहेका छन् ।’ यसअघि ग्रिनपिसले पनि बोल्सोनारो र उनको सरकारलाई मौसम अनुकूलताका लागि ठूलो खतरा ठहर गर्दै उनको नीति वापद् ब्राजिलको अर्थतन्त्रले र विश्वले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको थियो । संचार माध्यम सिएनएनले ब्राजिलको वातावरण मन्त्रालयसँग यस विषयमा प्रतिक्रिया माग्दा कुनै जवाफ नआएको जनाएको छ । 

यसअघि राष्ट्रपति चुनाव प्रचार अभियानमा उनको सरकारले ब्राजिलको अर्थतन्त्रमा सुधार ल्याउने वचन दिएको थियो र उनले अमेजोनको सम्भाव्यताको पूरा उपयोग गर्ने बताएका थिए । यस्तोमा कार्यभार सम्हालेको ६ महिनापछि उनले त्यही वचन पूरा गरिरहेको जस्तो देखिएको छ । वातावरण विरुद्ध खुला वक्तव्य दिएपनि निर्वाचित भएका उनी ब्राजिलको इतिहासकै पहिला राष्ट्रपति हुन् । यस्तोमा व्यवसायी, किसान र उत्खननकर्ताहरुले यही मौकाको फाइदा उठाइरहेको बताइएको छ ।

Global Ime bank

यति मात्र नभएर सरकारले वातावरणमाथि निगरानी गर्ने निकायहरुको काममा समेत अवरोध पुर्याइरहेको छ । जस्तै ब्राजिलको वातावरण एवम् नवीकरणीय संगठन, आइबीएएमएले यसअघि ठूलो सङ्ख्यामा सरकारी बजेट कटौतिको सामना गर्नु परेको हो । २ करोड ३० लाख डलरको बजेटमा कटौति गर्नुका साथै सरकारले आइबीएएमएको २७ प्रदेश कार्यालयका लागि केबल चार अधिकारी मात्र नियुक्त गरेको हो र ती चारैजना अमेजोन वन क्षेत्र बाहिरका प्रदेशमा मात्र निरीक्षण गर्छन् । यति मात्र नभएर आइबीएएमएले २०१९ मा सञ्चालन गरेका कार्यक्रमहरुमा पनि वर्षको सुरुवातदेखि नै कमी आएको छ । 

यसअघि फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोन र जर्मनीकी चान्सलर एन्जेला मार्केल दुवैले ब्राजिलको वातावरण सुरक्षा नीतिप्रति चिन्ता व्यक्त गरिसकेका छन् । गत शुक्रबार मात्र युरोपेली संघले संवेदनशील इकोसिस्टममा अमेजोनको वन विनाशले अतिरिक्त चुनौति थपिदिएको उल्लेख गरेको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ७, २०७६  ०५:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC