site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
मरिसनको असीमित विरासत
Sarbottam CementSarbottam Cement

एरेथा फिरी


दक्षिण अफ्रिकाको रोड्स युनिभर्सिटीमा स्नातक तहमा पढ्दै गर्दा मैले टोनी मरिसनको सामना गरेकी हुँ । त्यहाँ उनको पुलित्जर पुरस्कार प्राप्त पुस्तक बिलभेड (१९८७), अमेरिकी साहित्यको पाठ्यपुस्तकका रुपमा पढ्नुपथ्र्यो । 

यो पुस्तकले मलाई एकेडेमिक रुपमा अफ्रिकी–अमेरिकी दासतालाई बेग्लै ढङ्गमा बुझ्न मद्दत ग¥यो । बिलभेडको सेटिङ १९औं शताब्दीको रहेको छ । यो एउटा भगुवा दासको कथा हो, जसमा आफ्नो बच्चालाई दासतामा फर्किएको हेर्न नसकेर हत्या गरिएको छ । मरिसन आफ्नो कल्पनाशीलताको भरपूर उपयोगका साथ उपन्यासलाई गहिरो पार्दै काला जातिको मानवीकरण गर्छिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

समाजशास्त्रीय आँखामा यो उपन्यास कसरी पढाइएला, तर बौद्धिक तथा कलात्मक रुपमा यसको उच्च महत्व छ । मिसिगन युनिभर्सिटीमा १९८८ मा उनले गरेको उदारवादी सम्बोधन भाषणमा अमेरिकामा रहेका सीमान्तकृत अफ्रिकी उपस्थितिको पक्षपोषण गर्दै भनेकी थिइन्:

हामी सदैव स्वयम् आफ्नोबारे कल्पना गरिरहन्छौं... हाम्रो आफ्नो कथाको विषय, साक्षी तथा आफ्नो अनुभवमा हिस्सा लिन्छौं... हामी वास्तवमा, ‘अन्य’ होइनौं । हामी विकल्प हौं । 

Global Ime bank

अश्वेत साहित्यको वैचारिक, कलात्मक तथा विद्वत्तापूर्ण स्थानको छेउछाउमा रहेर उनको काल्पनिक लेखन र आलोचनात्मक चेतले प्रदान गरेको प्रेरणाको माध्यमबाट ‘ब्ल्याक लिटरेचर’मा निहीत कल्पनाशीलता र वास्तविक अवस्था थाहा पाउन मलाई मद्दत गरेको छ । एउटा अश्वेत अफ्रिकी महिला, मुख्य रुपमा गोरा र पुरुष अनि ‘युरोसेन्ट्रिक’ साहित्य र बौद्धिक स्थापना बुझ्न मद्दत गरेको छ । 

आज म त्यही युनिभर्सिटीमा पढाउँछु, जहाँ मैले बिलभेड पहिलो पटक पढेकी थिएँ । र, अति प्रतिभाशाली, बौद्धिक रुपमा कसैले जित्न नसक्ने अफ्रिकी–अमेरिकी महिला उपन्यासकारबारे जान्ने अवसर पाएकी थिएँ । उनको कामको प्रतिध्वनि अहिले पनि हुने गर्छ, मेरा निम्तिमात्र होइन– प्रत्येक वर्ष मैले हिँडेको बाटोलाई पार गर्ने नयाँ पिँढीका लागि पनि । 

एउटा जटिल स्थान

केही अर्थमा, अघिपछि भन्दा बढी नै अहिले पनि मरिसन दक्षिण अफ्रिकी विश्वविद्यालयहरुमा प्रासङ्गिक छिन् । जाति एउटा यस्तो विषय हो, जो देशको दैनन्दिन कुराकानीमा समेटिनुका साथै प्रवद्र्धितसमेत हुन्छ । एटलान्टिकभन्दा पर जातीय, नश्लीय उपनिवेशवाद तथा रङ्गभेदको स्थायी राजनीतिक तथा आर्थिक विरासतलाई अस्वीकार गर्ने मरिसनको दृढसङ्कल्प रहेको देखिन्छ ।  

यसको सामना गर्न, देशको सामाजिक सुधारका लागि मरिसनको सोचमा जोड दिनुपर्छ । एउटा त्यस्तै अध्ययनले कसरी उनको कल्पना सङ्कुचित सामाजिक व्याख्या र अभ्यासविरुद्ध छ भन्ने बुझाएको छ । यसले शुद्ध रुपमा नश्लीय चिन्तनसहित लागू गरिएको परिवर्तनभन्दा बढी माग गर्छ । यो कुराकानी तथा जातीयताको पूरै वास्तुकला र कामकाजको पुनःकल्पनामाथि जोड दिन्छ । 

यसबाट अफ्रिकी–अमेरिकी तथा विश्व साहित्यमा मरिसनको स्थान कति महत्वपूर्ण छ भन्ने थाहा हुन्छ । यसबाट विभिन्नखाले विभाजनका बखत मेरा कतिपय छात्रहरुले सोध्ने ‘यस्तो किन हुन्छ ?’ भन्ने प्रश्न पनि स्पष्ट हुन्छ । प्रत्येक वर्ष म विभिन्न नश्लीय, सामाजिक, सांस्कृतिक, आर्थिक तथा लैङ्गिक पृष्ठभूमिका छात्रहरुलाई भेट्छु जो मरिसनको उपन्यासबारे अध्ययन गरिरहेका छन् । प्रायः यसले रुचिकर तथा जोडदार चर्चा उत्पन्न गरिदिन्छ । साथै, तातो बहस जसले उनको अनुभव तथा बुद्धिको जटिलता र प्रयोजनसमेतलाई बुझाउँछ ।

उनको पहिलो उपन्यास ‘दि ब्लुएस्ट आई’ (१९७०) लाई लिन सकिन्छ । यो नश्लीय आत्मघृणा, अनाचार तथा पारिवारिक हिंसाको एउटा दृश्य देखाउन सक्षम छ । यसमा श्वेत हैकमवादको हानिकारक प्रभावको आलोचना गरिएको छ । यद्यपि, यसले विवादास्पद देखिएको कालाजातिको ‘काउन्टर न्यारेटिभ्स’ को सीमा पत्ता लगाएर त्यसको सामना पनि गर्छ । 

महिलामाथि हुने यौनशोषणमा केन्द्रित पुस्तकको नारीवादी ध्यानले काला समुदायको अन्तरमा रहेको पितृसत्तात्मक विचारधारा र प्रथाहरुको हानिकारक प्रभावबारे पनि बताउँछ । दक्षिण अफ्रिकाका सबै मानिसमा यो प्रतिध्वनित हुने गर्छ– एउटा देश, जसमा लिङ्गीय हिंसा अविश्वसनीय ढङ्गमा उच्च छ । 

ज्याज (१९९२) मरिसनको अर्को एक उपन्यास हो, जसमा रहेको जटिल अस्तित्वगत कथाहरुको समान रुपमा व्याख्या आवश्यक पर्छ । संरचनागत रुपमा यसले साङ्गीतिक जान्रको बहुपत्निको नक्कल गर्छ त कहिलेकाहीँ कर्णकटु, समय तथा स्थानमा अफ्रिकी–अमेरिकीको जीवन पत्ता लगाउन घुसपैठ गर्छ । यी दुई कारणले यसको पठन अलि कठिन लाग्छ । 

सबैभन्दा पहिला, छात्रहरुले कलात्मक सांस्कृतिक रुपको प्राविधिक कार्यप्रणालीको प्रशंसा गर्नुपर्छ– जुन ज्याज हो । दोस्रो कुरा, उपन्यासले ‘एकजना’को अनुभवको एउटा महत्वपूर्ण जाँच तथा भागिदारीको माग गर्छ, इतिहास दुवै कुराबाट बाहिर छ र आफू स्वयम्लाई त्यसले प्रतिच्छेद गर्छ ।

यो यस्तो समयमा विशेष रुपमा महत्वपूर्ण हुन्छ, जब उच्च शिक्षामा ‘अफ्रिकीकरण’लाई ठूलो मात्रामा पाठ्यक्रममा समावेश गरिन्छ । यसले समकालीन राष्ट्रवादी मागहरुलाई अपिल गर्छ र मरिसनको विचारविरुद्धका अल्छी, सहज, ब्रान्डजस्ता कथित असहिष्णतुका विपरीत पनि यो रहेको छ । यसको सट्टा, उनको कामलाई बिनासोधपुछ ‘सीमापार’ विश्लेषण दिँदै कडा मेहनतमा जोड दिइएको छ ।

जीवनको मापन
हामी मर्छौं । त्यही नै सम्भवतः जीवनको अर्थ हुनेछ । तर हामीसँग भाषा छ, सम्भवतः त्यसले हाम्रो जीवनको मापन गर्नेछ । 

र, टोनी मरिसनको जीवनको मापन पनि त्यही नै हो । उनको घनीभूतताले माग गरेको छ– दक्षिण अफ्रिकी विश्वविद्यालयका कक्षाहरु, अथवा अन्यत्र कहीँ वा आफू स्वयम्को नाजुक तथा अपूर्ण अस्तित्वमा गम्भीर ध्यान दिनका लागि । उनको आख्यानले संसारमा हामी हुनुको नैतिक उत्तरदायित्व र सामाजिक रुपमा परिवर्तनकारी सोचलाई सामुन्ने राखिदिएको छ । मरिसनको विरासत, साहित्यमा मात्र सीमित छैन ः अहिलेसम्म महसुस गर्न नसकिएको सामाजिक न्यायको अनिवार्यता र मानवताको आदर्श पनि त्यसमा निहीत छ । 

(एरेथा फिरी रोड्स विश्वविद्यालय, अङ्ग्रेजी साहित्य अध्ययन विभागकी सिनियर लेक्चरर हुन् । ‘दि वायर’बाट सम्पादनसहित अनुदित ।)      
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ७, २०७६  १०:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC