site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

सत्तारुढहरू स्वेच्छामा शासन चलाउनु पाउनुलाई लोकतन्त्र ठान्छन् । उनीहरूलाई विधि र निषेधका विधिविधान मन पर्दैन । शासकहरू कानुन त बनाउँछन् तर पालना भने अरूले मात्र गरुन् भन्ने चाहन्छन् । कानुन मिच्नका लागि अनेकौं बहाना बनाउँछन् । नेपालमा लामो समयसम्म नैतिक मूल्य, मान्यता, लोकतान्त्रिक प्रक्रिया र प्राकृतिक न्यायलाई समेत मिच्न सत्ताधारीले ‘ राजनीतिक सहमति’को अभ्यास गर्दैआएका छन् । झट्ट सुन्दा जनता सजिलै अलमलिने कथित ‘राजनीतिक सहमति’ यथार्थमा नेताहरूको राजनीतिक स्वार्थ पूरा गर्ने प्रपञ्चमात्रै हो । यसपटक पनि सत्तारुढ र विपक्षी दलका नेताहरूले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा कथित ‘राजनीतिक सहमति’का नाममा पदाधिकारी भागबन्डा गर्न खोजेको समाचार सार्वजनिक भएको छ । धन्न, यसपटक लोकतान्त्रिक विधि र प्रक्रिया मिच्ने राजनीतिक दलका नेताहरूको प्रपञ्चमा राष्ट्रिय मानव अधिकार आयोगले औँला ठड्याएको छ । 

विगतमा संविधानको अक्षर तथा भावना र विधिको शासनका मूल्यमान्यता मिच्न सधैँ नै राजनीतिक दलका नेताहरूले ‘सहमति’ को राग अलाप्ने गर्थे । तिनले ‘राजनीतिक सहमति’ भन्दै बहालवाला प्रधान न्यायाधीशलाई मन्त्रिपरिषद्को अध्यक्ष पनि बनाए । जनआन्दोलन दबाउन ज्यादती गरेकोमा दोषी ठहरिएका व्यक्तिलाई संवैधानिक अंगको प्रमुखमा नियुक्ति दिलाए । त्यतिबेला केही प्रबुद्ध नागरिकले विरोध गरे पनि दलका नेताको निरंकुशताका अगाडि निरीह बन्नुपरेको थियो । अहिले भने संस्थागतरूपमै राष्ट्रिय मानव अधिकार आयोगले विधि र प्रक्रियालाई ‘राजनीतिक सहमति’का नाममा मिच्न गरिएको प्रपञ्चप्रति आपत्ति प्रकट गरेको छ । आयोगका पदाधिकारी चयन गर्न पूर्वप्रधान न्यायाधीशको अध्यक्षतामा सिफारिस समिति गठन गरियो । तर, छनोट प्रक्रिया अन्तिम चरणमा पुग्ने बेलामा भने दलका नेताहरूबीच सहमति भएअनुसार आयोगका पदाधिकारी नियुक्त गर्ने प्रपञ्च रचियो । छनोट समितिमा राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि पनि सदस्य छन् । सायद यही कारणले समितिलाई फड्के किनाराका साक्षी राखेर कथित ‘राजनीतिक सहमति’लाई निर्णयको आधार बनाउने प्रपञ्चको आयोगका अध्यक्षले विरोध गरेका हुन् । 

बहुसंख्यक पीडितले त यसै पनि सरकारले गठन गरेको छनोट आयोगकै विधि, प्रक्रिया र शैलीको चर्को विरोध गरेका छन् । पीडितहरू सम्बन्धित कानुनमा पहिले संशोधन गरेरमात्र आयोग गठन होस् भन्ने चाहन्छन् । कानुनै पीडित मैत्री भएन भने आयोगको औचित्य पनि रहँदैन भन्ने उनीहरूको मान्यता देखिन्छ । सर्वोच्च अदालतले विभिन्न मितिमा गरेको आदेशअनुरूप कानुनमा सुधार गर्न सरकारले भने आलटाल गर्दैआएको छ । त्यसमाथि राजनीतिक भागबन्डामा आयोगका पदाधिकारीको छनोट गरिएमा त्यसलाई पीडितहरूले स्वीकार गर्नेछैनन् । त्यस्तै, सर्वोच्च अदालतको निर्देशअनुसार अन्तर्राष्ट्रिय मापदण्डअनुरूप हुनेगरी कानुन संशोधन नगरे अन्तर्राष्ट्रिय समुदायले पनि त्यसलाई स्वीकार गर्नेछैन । त्यस अवस्थामा राजनीतिक सहमतिका आधारमा बनेको आयोगले सम्पादन गर्ने कामले नैतिक वैधता पाउनेछैन । अर्थात्, समग्र अभ्यास निरर्थक हुनपुग्नेछ । सत्तारुढ दलका एक अध्यक्ष र विपक्षी दलका सभापतिको स्वार्थमा संक्रमणकालीन न्याय सम्पादनमा पनि हस्तक्षेप गर्ने हो भने त्यसले देशभित्र र बाहिर मान्यता पाउनेछैन । फलस्वरूप, संक्रमण लम्याएर धमिलो पानीमा माछा मार्न खोज्ने तत्त्व बढी सलबलाउनेछ । सत्तारुढ दलले लोकतान्त्रिक मूल्यलाई तिलाञ्जली दिए पनि विपक्षले त नेताले त लोकतन्त्रको मर्यादा राख्नुपथ्र्यो । जे भए पनि आफ्नो काम स्वन्त्रतापूर्वक छनोट समितिलाई दिनु र विश्वास गर्नुपर्छ । नत्र, मुलुक सधैँ अस्थिरभइरहनेछ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्षले अहिले देखाएको चासो सराहनीय छ । विज्ञप्ति प्रकाशन गरेपछि काम सकिएको नठानियोस् ! 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ७, २०७६  ११:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC