site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अनुवाद
Sarbottam CementSarbottam Cement

इस्मत चुगताईले कुर्रतुलऐन हैदरलाई के भनिन् ? 

चुगताईका निबन्धले हैदरका सुरुवाती लेखनहरुबारे समालोचना गरेका छन् । जसले हैदरलाई साहित्यसँगै विश्वलाई बुझ्नसमेत सहयोग गर्‍यो ।

सन् १९८४ को गोविन्द निहलानीको चलचित्र ‘पार्टी’मा अमृतको भूमिकामा रहेका नसिरुद्दिन शाह उपस्थित थिएनन् । तर उनको खोजी भइरहेको थियो । उनलाई त्यहाँ देख्न सकिन्न, तर उनका बारेमा दिवाकर बारभेइ (मनोहर सिंह) को सम्मानमा आयोजित पार्टीमा उपस्थित मानिसहरुले विभिन्न कुरा गरिरहेका थिए । दिवाकर एक प्रसिद्ध नाटककार हुन् र उनलाई त्यहाँ केही समयअघि सम्मानित गरिएको थियो । त्यहाँ उपस्थित पाहुनाहरुले उनीहरुको जीवनमा निम्तिन सक्ने विपत्तिका विषय र मानवीय अस्तित्वको सङ्कटबारे विचार विमर्श गरिरहेका थिए । उनीहरुले अमृतलाई सम्भावित कवि र उनले आफ्नोे जीवनको समाप्तिको कारण आफैं भएको बताइरहेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

साँझको समयमा पार्टी अघि बढ्दै जाँदा साहित्यिक सम्भ्रान्तहरुको ‘हिपोक्रेसी’ पनि प्रदर्शित भइरहेको थियो । जब दर्शकसामु अमृतको आगमन भयो, यसले उनीहरुलाई क्लाइमेक्सतर्फ डोर्‍यायो । 

अमृत एक कवि थिए । उनले विभिन्न दमनकारी शक्तिहरुविरुद्ध भारतीय आदीबासीले गरेको सङ्घर्षको कथालाई ग्ल्यामरमार्फत् प्रस्तुत गरे । कसले के प्राप्त गर्‍यो अर्थात के गुमायो भन्ने मूल्याङ्कन गर्नका लागि उसले कसका लागि के लेख्यो भन्ने कुराको मूल्याङ्कन आवश्यक हुन्छ । 

Global Ime bank

सायद उर्दु लेखिका इस्मत चुगताई पनि निहलानीको विचारसँग सहमत छिन् । जब उनले कुर्रतुलऐन हैदरका सुरुवाती लेखनीमा समालोचना गर्दै ‘पोम्पोम डार्लिङ’ शीर्षकमा निबन्ध लेखिन्, जसबाट उनले साहित्यिक सम्भ्रान्तहरु पूर्वाग्रही भएको महसुस गरिन् । उनी भन्छिन्, “...लेखकहरु आफ्नो रमाइलोका लागि नभई पाठकका लागि लेख्छन् ।”

त्यतिखेर हैदर साहित्यिक क्षेत्रमा चम्किरहेकी एक युवा लेखक थिइन् । तर चुगताईले हैदरलाई सामान्य धाप दिनसम्म पनि अस्वीकार गरिन् । उनले स्वविवेकले हैदरको लेखनीप्रति धाप मार्नुको साटो आलोचना गरेकी थिइन् । उनले यस्तो गर्नुको मुख्य कारण उनको मान्यता थियो: “तपाईंले लेखकका कमजोरीहरु नऔंल्याएर प्रतिभाशाली लेखनलाई सुदृढ हुनबाट रोक्नुभयो । तपाईंले के बुझ्नुपर्छ भने यदि कमजोरीरहित भयो भने उनी अरुभन्दा निकै अगाडि हुनेछिन् ।” उनी विश्वस्त छिन् कि उनको आलोचनात्मक निबन्धले हैदरको कमजोरीहरु औंल्याइदिएको छ । 

चुगताई हैदरको चरित्रबाट दोधारमा थिइन् कि उनलाई हैदर व्यर्थ र निरश लाग्छिन् । “...उनी कति लामो समयसम्म निरन्तर ‘सोसो र फोफो’ अनि भरतनाट्यम गरिरहन्छन् । साभोय डी लामरस्थित स्विमिङ पुलमा समय बिताउँछिन् ।” 
किन सबै कुरा एकै किसिमका ‘कर्ली सुनौलो कपाल अनि निलो शान्त पोखरीजस्ता आँखा’ मात्र देखिन्छन् भन्ने अचम्ममा पर्छिन् । हैदरको दुनियाँमा किन कोही कुनै रोगबाट ग्रसित भएनन्, किन कसैले सङ्कट व्यहोर्नुपरेन ? र, उनको लेखनमा कुनै रोग स्पष्ट रुपमा देखिएको छ भने, त्यो हो– प्रेम । तर, प्रेममा यौन चाहनाका बारेमा किन एक वाक्यसमेत छैन ?

दुवै लेखका भिन्नभिन्न परिवेशबाट भएको कुरालाई उनी स्वीकार गर्छिन् । र, हैदर एक युवा पुस्ताकी लेखक भएका कारण पनि कयौं पटक अपमानको सामना गर्नुपरेको छ । किनकि, उनी कुनै ‘ड्रइङ रुममा सजाएकी जीव’ होइनन् । यद्यपि, तत्कालै आफ्ना कमजोरी औंल्याएकोमा उनी अग्रजहरुलाई धन्यवाद दिन्छिन् । पर्सियन कार्पेटले झ्याल बारिएको सिसाको दरबारभन्दा बाहिरको वास्तविक संसार देखाएकोमा उनले साहित्यिक क्षेत्रका ताराहरुलाई धन्यवाद दिएकी हुन् । 
चुगताईले हैदरको चरित्र निहलीनीको बार्भेजस्तो विरतापूर्व लडाईं गर्ने अस्तित्ववादी डेमोन्स (राक्षस) र शून्यतासँग सङ्घर्ष गरिरहेको जस्तो लाग्छ । हैदरको ‘पोम्पोम डार्लिङ, सोसो र फोफो’लाई चुगताइले पुँजीवादी साम्राज्यवादी वर्गको रुपमा प्रस्तुत गरेकी छन् । जसलाई सबैभन्दा ठूलो डर मानिसहरुको भीड र कम्युनिस्टसँग छ, जसबाट उनीहरुको सम्राटलाई पनि ठूलो भय छ । “जब उनको कलम कथकली, मनीपुरी र रुम्बाको धूनमा नृत्य गर्न थाल्छ, जब चमेलीको बास्ना सुँघ्न थाल्छ र लेख्छ ‘कम्युनिज्म’, यो कालो नागजस्तै फँणा फैलाउँछ ।”

चुगताई आफू कम्युनिस्ट भएको स्वीकार्छिन् । जसले गर्दा उनले आफ्नो वैचारिक दृष्टिबाट हैदरको चरित्र र उनको लेखनको आलोचना गर्न सजिलो छ । हामीले दोस्रो विश्वयुद्धपछिको पुँजीवादी उछाल र कम्युनिस्ट त्रासले फैलाएको नवीन साम्राज्यवादी शक्तिको सन्दर्भमा उनको लेखनीलाई हेर्ने हो भने, उनले विश्वास नगर्नुको कारण स्पष्ट थाहा पाउन सकिन्छ ।

जब कि यथार्थवादी साहित्यमा उनले निरन्तर गरेको जोडमा कोही असहमत हुने गल्ती गर्न सक्दैनन् । उनी आफ्ना साथी लेखकहरुलाई भन्ने गर्थिन्, “...बाहिर आऊ र बाहिरी दुनियाँमा के भइरहेको छ नियाल...।”
इस्मत चुगताईले उनको निबन्धको अन्तिममा स्वीकार गरेकी छन् कि “...कुर्रतुल ऐनको लेखनमा उनको विशेष प्रकारको प्रेम छ...।” उनले ‘पोम्पोम डार्लिङ’मा केवल ‘बाक्लो पर्सियन कार्पेट हटाउन्... र कम्तीमा आफू (हैदर) बम्बई गएर बाहिरी संसार बुझून् भन्ने चाहन्थिन् ।

उनले हैदरलाई एउटा सानो फ्ल्याटमा बस्न, स्कुल अथवा पत्रपत्रिकाको कार्यालयमा काम गर्न र कफी बनाउन सुझाएकी थिइन् । किनभने, लेखनभन्दा कफी बनाउनु निकै सजिलो र चाखलाग्दो पेसा हो । 
(स्क्रोल डट इनबाट)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ७, २०७६  १३:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC