site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चुरोट र मदिराको जस्तै हुन्छ जङ्कफुडको लत 
Sarbottam CementSarbottam Cement

काठमाडौं । बालबालिकालाई हामीले कस्तो खानेकुरा दिइरहेका छौँ भन्ने कुराले नै उनीहरुको स्वास्थ्य अवस्था कस्तो हुने भन्ने निर्धारण गर्छ ।

तर बालबालिका पछिल्लो समय अभिभावकहरुले घर बाहिरका जङ्कफुड खान दिने चलन बढ्दै गएको छ । त्यस्ता खानेकुरामा पौष्टिक तत्वहरु पाइँदैन । जसले बालबालिकाहरुको शरीरमा पौष्टिक तत्वहरुको कमी भइ कुपोषणको समस्यासमेत देखिने गरेको छ । 

कुपोषण भनेको शरीरलाई चाहिने खानेकुराहरु पर्याप्त मात्रामा नपुग्दा रोगसँग लड्न सक्ने क्षमतामा कमी आउनुलाई बुझिन्छ । कतिपय अभिभावकको मानसिकता कस्तो हुन्छ भने आफ्नो बच्चाले खाना खान नमान्दा कुरमुरे, चाउचाउ, चिजबल, मैदाबाट बनेका खानेकुरा बट्टामा राखेका जुसजस्ता खानेकुरा खुवाउने गर्छन् । त्यस्ता खानेकुराले केही समय पेट भरिए पनि उनीहरुको शरीरमा पौष्टिक तत्वको कमी भई कुपोषणको समस्या निम्तिने गरेको देखिन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तो समस्या आउन नदिन अभिभावकले बालबालिकालाई घरको भान्सामा पाक्ने खानेकुरा दालभात तरकारी, रोटी, मकै, आलु, भटमास, बदाम, गहुँ आदिका विभिन्न परिकार बनाएर खुवाउनुपर्छ । बट्टाको जुसभन्दा आफ्नो बारीमा फलेका फलहरु खान दिनुपर्छ । 

अभिभावकले आफ्ना बालबालिकालाई भान्सामा पाक्ने खानेकुराको महत्वबारे राम्रोसँग बुझाउनुपर्छ । 

Global Ime bank

पहिला–पहिला आफ्नो बालबालिका मोटो हुँदा स्वस्थ छ भन्ने अभिभावकहरुमा सोंच हुन्थ्यो तर पछिल्लो समय अभिभावकहरु आफ्नो बालबालिका उमेर र उचाइअनुसार तौल बढी भएमा मेरो बच्चामा के समस्या छ भन्दै उपचारका लागि लिएर आउनुहुन्छ । तर उपचारका लागि जाँदा मात्र अभिभावकले आफ्नो बच्चालाई जङ्कफुड खाएर उमेरभन्दा बढी तौल भएको थाहा पाउने गरेको बताउँछन् । मोटोपन र दुब्लोपन पनि कुपोषणभित्र पर्छन् । अभिभावकले आफ्नो बालबालिकालाई कस्तो खानेकुरा खान दिइरहेको छ भन्ने कुरामा ध्यान नदिँदा बालबालिकामा मोटाउने र दुब्लाउने समस्या समेत देखापर्ने गरेको छ । 

यदि घरमा साना बालबालिकाहरु छन् भने उनीहरुलाई आफन्तहरुले माया गरेर जङ्कफुड चाउचाउ, चक्लेट, विस्कुट आदि ल्याइदिन्छन् । तर त्यस्ता खानेकुराले उनीहरुको स्वास्थ्यमा कस्तो असर गर्छ भन्ने वास्ता नगर्दा सानै उमेरमा समस्या देखिने गर्छ । 

करिब १८ वर्षका युवक । जसले घरको भान्सामा पाक्ने खानेकुराभन्दा बढी बाहिरको खानाहरु अर्थात जङ्कफुड कोक फ्यान्टा मात्र खाने गर्थे । उनको तौल बढ्दै गयो । हेर्दा मोटो देखिन्थे । शरीरमा आवश्यक तत्वको कमीले गर्दा उनमा कुपोषणको समस्या देखियो । अहिले ती युवकमा घुँडा दुख्ने समस्याका कारण हिँड्न समेत समस्या देखिएको छ । उनको शरीरमा सुक्ष्म पोषण तत्वहरुको कमीले हुँदा बारम्बार बिरामी परिरहन्छन् । 

आफ्नो बालबालिकालाई सानैदेखि घरको खानेकुराहरु र पौष्टिक खानेकुरा खानमा प्रेरित नगरेर रुन्छ भन्दै जङ्कफुड दिने गर्छन् । जसले त्यसको स्वाद लिन थाल्छन् । घरको खानेकुरा नै खान मान्दैनन् । त्यसैले घरमा भएका खानेकुरालाई विभिन्न परिकार बनाएर खुवाउनु पर्छ । आजभन्दा करिब ३० वर्षअघिसम्म घरको खानेकुरा बनाएर खाने चलन थियो । स्कुलमा पनि घरकै खानेकुरा लैजाने चलन थियो । तर अहिलेको आधुनिक समाजमा अभिभावकले खाजा भनेको चाउचाउ चाउमिन, ममलाई मात्र लिने गरेको देखिन्छ ।

त्यसैगरी, कतिपय अभिभावकहरुले बालबालिकालाई घरको खाजा र खाना बनाएर खुवाउन र स्कुलमा खाजा बनाएर पठाउने समय छैन । खाजाको विकल्पमा पैसा दिएर पठाउने गरेको देखिन्छ । बालबालिकालाई घरको भान्सामा पाक्ने दालभात, रोटी, चना, अन्डा, चिउरा आदि  बनाएर नखुवाउँदा कुपोषित भइ बिरामी हुन्छन् । त्यो समयमा हामीले जसरी भएपनि अस्पताल वा स्वास्थ्य चौकी लैजाने समय निकाल्नुपर्छ । त्यसकारण बालबालिका बिरामी हुन नदिन केही समय निकालेर घरकै खाजा बनाएर स्कुलमा पठाउने गनुपर्छ । 

जाँड रक्सीको लतजस्तै बालबालिकामा जङ्कफुडको पनि लत लाग्छ । त्यस्तो खानेकुरामा अत्यधिक मात्रामा चिल्लो, नुनिलो र गुलियो पदार्थ हुने हुनाले बालबालिकामा मोटोपन देखिने हुन्छ भने ती खानेकुरामा पौष्टिक तत्व नहँुदा सानै उमेरमा मधुमेह, शारीरिक तथा मानसिक विकासमा समस्या आउने, उच्च रक्तचाप, हड्डी कमजोर हुने आदिजस्ता समस्यासमेत देखिन्छन् । 

अझ किशोरीहरुमा त रगतको कमी हुँदा हिनावारीमासमेत समस्या देखिन्छ । बालबालिकालाई दिएको अस्वस्थ्यकर खाजाले भविष्यमा असर गर्छ । हाम्रा पुर्खाहरु स्वस्थ्यकर खानेकुरा खाने गर्थे सधँै स्वस्थ्य हुन्थे ।  तर अहिलेका युवायुवतीमा खाना नखाने र जंगफुड खाएर दुब्लो  हुने एक फेसनजस्तो भएको छ । जंगफुड मात्र खाएर शरीर दुब्लो बनाउँदा कम उमेरमा घुडा दुख्ने, ढाड दुख्ने, मुटु, मृगौलामासमेत समस्या देखिने गरेको छ । यी सबै समस्या आउनुको मुख्य कारण जंगफुड नै हो । 

हाम्रा अभिभावकले जंकफुड भन्नेबित्तिकै काम नलाग्ने खानेकुरा भनेर बुझ्नुपर्छ । यो ‘पत्रु’ खानेकुरा हो । जंकफुड स्वास्थ्यका लागि हानिकारक छ । 

त्यस्तै, बालबालिकालाई आफूसँगै राखेर घरकै खाना खुवाउने गर्नुपर्छ । घरमा खाजा खुवाउँदा होस् वा बच्चालाई स्कुल पठाउँदा । घरमै बनाएका खाजा चिउरा, चना, आलु, भटमास, मकै भुटेर खुवाउने बानी पार्ने हो भने बालबालिको स्वास्थ्यमा समस्या नै आउँदैन । अझ उनीहरुले घरको खाना मानेन् भने घरभित्रका खानेकुरा विभिन्न परिकार बनाएर माया स्नेहले खुवाउनु पर्छ । 

जसले उनीहरुलाई कुपोषण हुन दिँदैन । बालबालिकालाई मोबाइल दिएर खाना खुवाउने बानी गराउनुहुँदैन ।  अझ उनीहरुलाई खानामा टुसा पलाएको खानेकुरा दिँदा शरीरमा पौष्टिक तत्वको कमी नै हुँदैन ।

(जनस्वास्थ्य विशेषज्ञ डा. उप्रेतीसँग बाह्रखरीकी सञ्जिता खनालले गरेको कुराकानीमा आधारित)

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ८, २०७६  ०७:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement