site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कानुनी राज्य र भिडको फैसला

अहिले पत्रकार रवि लामिछानेको गिरफ्तारीले सामाजिक सञ्जालमात्रै हैन सडक र संसद् पनि तातेको छ । उनका समर्थक र विरोधीलाई आआफ्नो औकात देखाउने राम्रो मौका मिलेको छ । एकातर्फ रवि र उनका समर्थकलाई तह लगाउने र उनले आफूसँग गरेको व्यवहारको बदला लिने यही बेला हो भनेर उनका विरोधी लागेका छन् भने अर्कोतर्फ रविका समर्थक सडकबाटै उनलाई निर्दोष साबित गर्न प्रहरी, न्यायालय र सरकारलाई दबाबमात्र हैन चेतावनीसमेत दिँदै गरेका देखिन्छन् । 

नेपालमा अहिले कानुनी प्रक्रियाभन्दा सडकबाटै होहल्ला गरेर, दबाब दिएर चाहेजस्तो फैसला गराउन सकिन्छ भन्ने मनोवृत्ति फैलँदै गएको छ । रवि प्रकरण त प्रतिनिधि उदाहरणमात्रै हो । भिडको हल्ला र दबाबले आफ्नो पक्षमा फैसला गर्ने गराउने गराउने काम धेरै पहिले  नै सरु भएको हो र अहिले पनि जारी छ । नेपालमा मात्रै हैन कानुनी राज्य  स्थापित नभएको र भ्रष्ट कर्मचारी र नेता कुर्सीमा पुगेका अधिकांश गरिब र अशिक्षित देशमा सडकबाट भिडले फैसला गर्नु  स्वाभाविक आवश्यकता हुनपुगेको छ ।  सोझो र सभ्य तरिकाले माग राख्दा कसैले नसुन्ने भएकाले जनतालाई सडकमा निम्त्याएर भिडको फैसला गर्न गराउन बाध्य पार्ने काम  सरकार, प्रशासन र न्यायालयले गरेका हुन् ।  सरकार र प्रहरीले जनताको विश्वास जित्न सकेको भए न त रविहरू जन्मिन्थे, न त उनका यति धेरै समर्थक हुन्थे । न  ती समर्थकले सडक तताउनै पर्थ्यो । प्रहरी, अदालत र  नेताप्रति जनताको विश्वास भए सबै कानुनी प्रक्रियामा जान्थ्यो । अनि जे फैसला भए पनि स्वीकार्य हुन्थ्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रजातन्त्रको पुन:स्थापनापछि राजनीतिक दल र नेताले प्रहरी, प्रशासन र न्यायालयलाई बति धेरै राजनीतिकरण गरेका छन् भने त्यहाँ जनताका सेवकभन्दा तिनै दल र नेताका सेवक धेरै छन् । जनतालाई प्रहरीले सहयोग गर्छ, न्यायालयले निष्पक्ष न्याय दिन्छ भन्नेमा  विश्वास छैन । सरकारको काममा जनतालाई भरोसा छैन ।

भिडतन्त्रले कसैको भलो गर्दैन । त्यसको गतिलो उदाहरण निर्मला पन्त बलात्कार र हत्या काण्ड हो । बलात्कार र हत्या हुनेबित्तिकै घटनालाई गम्भीररूपमा लिएर निष्पक्ष छानबिन गरेको भए सायद हत्याराको पहिचान भइसक्थ्यो होला । तर, अन्य कतिपय मामलामा जस्तै प्रहरी प्रशासनले यसलाई पनि गम्भीरतापूर्वक लिएन । जनताले न्याय खोज्न सडक तताउनु पर्‍यो । न्यायको लागि भिडको सहायता लिनुपर्दा अनाहकमा एक जनाको ज्यान पनि गयो । अनि अर्का एकजनाले  अपाङ्गता लिएर बस्नु परेको छ । प्रहरीले आफ्नो साखमात्रै गुमाएन सरकारको विश्वसनियतामा जनताले औँला ठड्याए ।  निर्मलाका परिवारले पनि न्याय पाएनन् । 

Global Ime bank

अराजकताको राजनीतिले नेपाली समाजमा गहिरो जरो गाडेर बसेको छ । यसलाई जरैदेखि उखेलेर फाल्न निकै कठिन छ । यो अराजकाताको राजनीति जसरी बिस्तारै जरा गाडेर बलियो हुँदैगयो यसको जरा सुकाउन र विष वृक्षलाई ढाल्न सायद त्यति नै समय लाग्नेछ । 

निर्वाचनपिछ बनेको स्थिर सरकारलाई त्यो अराजकता र अनैतिकताको विष वृक्ष उखेलेर फाल्ने निकै राम्रो अवसर थियो । तर, त्यो अवसरको सदुपयोग गर्नुको साटो बहुमतको अहंकारमा दुरूपयोग गरिरहेको छ । त्यसैले पनि अराजकताको विष वृक्षको जरा सुक्नुको साटो झाँगिदै गएका हुन् ।

अझै पनि सबै बिग्रिसकेको छैन । समयले अहिले सरकार,राजनीतिक दल, प्रहरी र न्यायालयलाई रवि प्रकरणको रूपमा आफ्नो छवि सुधार्ने मौका दिएको छ । रवि दोषी छन् या निर्दोष छन् त्यो अर्को पाटो हो तर  निष्पक्ष छानबिन गरेर प्रमाणसहित दोषीलाई दोषी र निर्दोषलाई निर्दोष साबित गरेर जनताको मन जित्न सके भिडले फैसला गर्ने क्रम  कम हुँदै जानेछ । अनि अराजकता कम भएर नेपाल कानुनी राज्यतर्फ उन्मुख हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ८, २०७६  ०८:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC