site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

मानवताका वैरीहरूले मात्र हिंसाको महिमा गाउँछन् । अपराधी मानसिकता हुनेले मात्र मानवताविरुद्धको जघन्य अपराधको औचित्य सिद्ध गर्न खोज्छन् । आवेशमा अपराध गर्नेहरूभन्दा पनि अपराधको औचित्य सिद्ध गर्न खोज्नेहरू मानव समाजका लागि हानिकारक हुन्छन् । यसैले कैलालीको टीकापुरमा चार वर्ष पहिले भएको मानवताविरुद्धको जघन्य अपराधको महिमा मण्डन गर्नेहरू नेपाली समाजका वैरी हुन् भन्न हिचकिचाउनु हुँदैन । थरुहट आन्दोलनका नाममा चार वर्ष पहिले वरिष्ठ प्रहरी उपरीक्षकसहित ७ सुरक्षाकर्मीका साथै एक डेढ वर्षीय बालकको हत्या गरिएको थियो । थारु कल्याणकारिणी सभाले त्यही दिन पारेर त्यही ठाउँमा सभा आयोजना गर्नु नै संवेदनहीनताको परिचायक हो । त्यस्तै प्रकारको सभामा चार वर्ष पहिले टीकापुरबाहिरबाट गएकाहरूले गरेको उत्तेजक भाषणले ढेड वर्षीय बालकको समेत ज्यान दिन अपराधी तत्त्वलाई हौस्याएको थियो । शान्त भइसकेको टीकापुरमा चार वर्षपछि  त्यही दिन पारेर पुरानो घाउ कोट्याउन खोज्नु संयोगमात्र हो भनेर मान्न सकिँदैन । 

बहुसंख्यक थारुहरूको अहिलेको प्रदेश विभाजनमा चित्त बुझेको छैन । देउखुरीदेखि बाँके, बर्दिया, कैलाली, कञ्चनपुरसम्मका थारु बहुल क्षेत्र एउटै प्रदेशमा राखिनुपर्ने उनीहरूको माग छ । संगठितरूपमै थारुहरूले यो माग राख्दै आएका छन् । संविधान निर्माणका बेला पूर्वी तराईका आफूलाई मधेसी भन्ने समुदायको मागअनुसार प्रदेश नम्बर २ बनाइयो । तर, अखण्ड सुदूरपश्चिमको नारा दिनेहरूको प्रभावशाली भएका कारण थारुहरूको माग पूरा गरिएन । यसैले थारु अगुवाहरूले आफ्नो समुदायमाथि अन्याय भएको ठानेको हुनुपर्छ । उनीहरूलाई शान्तिपूर्वक संगठितरूपमा आफ्नो माग राख्ने र समर्थक जुटाउने अधिकार संविधानले नै दिएको छ । संघीयताको अभ्यासका क्रममा जातीय विभाजन र क्षेत्रीय विभेद बढ्दै गयो भने समुदायमा आधारित प्रदेश निर्माणको माग पनि चर्किन सक्छ । सामाजिक एकीकरण र सद्भाव बढ्यो भने जातीय विभेद हराउँदै जान पनि सक्छ । अहिले प्रदेश नम्बर २ को अवस्था अरू प्रदेशसँग तुलना गर्ने हो भने विवेक हुने कसैले पनि जातीय प्रदेशको पैरवी गर्दैन । जेहोस्, बहुसंख्यक थारुहरू थरुहट प्रदेशका पक्षमा भए उनीहरूको माग सुनिनु पनि पर्छ । तर, अब स्वायत्त प्रदेशको विवाद भने टुंगिसकेको छ । आफूहरूलाई गोटी बनाएर राष्ट्र विखण्डनको प्रयास भएको थारु समुदायले बुझेको दिन यो प्रपञ्च ध्वस्त हुनेछ । उनीहरूले यो दुर्नियत बुझ्न ढिलो हुँदा हुने क्षतिको मात्र चिन्ता हो । 

Prabhu Bank
Agni Group
NIC Asia

थारुहरूको मनमा रहेका असन्तोष र टीकापुरले चुनेको प्रतिनिधि रेशम चौधरीसँग गरिएको व्यवहारबाट उत्पन्न आक्रोशलाई दोहन गर्ने दुर्नियत राखेर टीकापुर पुगेका विद्वेषका नाइकेहरूबाट पुनः जातीय द्वन्द्व चर्काउने प्रपञ्च गरिनु अत्यन्त दुःखद र निन्दनीय कार्य हो । देशकै पुरानो सामाजिक संस्थाहरूमध्येका थारु कल्याणकारिणी सभाले विद्वेषको राजनीति गर्नेहरूलाई यही ठाउँ र समयमा बोलाउनु दुर्भाग्यपूर्ण हो । नेपालको आदिवासीमध्येको थारु समुदाय अपेक्षाकृत ‘सोझो’ जाति मानिन्छ । यसैले थारुहरूको पहाडी र मधेसी दुवै मूलका बासिन्दाले शोषण गरेका छन् । सरकारमै रहेको पार्टीका नेतासमेत थारुहरूलाई उक्साएर दबाबको राजनीति गर्न टीकापुर पुग्नुले नै तिनको नियत स्पष्ट हुन्छ । थारु अगुवाले बाहिरको उक्साहटमा भएको टीकापुर घटनाबाट आफ्नो समुदायको हित भयो कि अहित भनेर छातीमा हात राखेर सोच्नु आवश्यक छ । टीकापुर घटना दोहोरियो भने अहिले उत्तेजना फैलाउन पुग्नेहरूले नैतिकरूपमा त्यसका जिम्मेवारी लिनुपर्नेछ । थारुहरूको काँधमा बन्दुक राखेर नेपाली समाजको सद्भाव र एकतामाथि प्रहार गर्नु अक्षम्य अपराध हो । देशलाई अस्थिरतातर्फ धकेल्ने दुश्चेष्टा गर्नेलाई समाजले दुत्कार्न ढिलो गर्नु हुँदैन । जातीय विद्वेषको विष वृष बेलैमा उखेल्नु बुद्धिमानी हुनेछ ।  

  
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ८, २०७६  ११:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC