site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
मोदीलाई यूएईमा सर्वोच्च सम्मान, पाकिस्तानमा कडा प्रतिक्रिया
Sarbottam CementSarbottam Cement

एकातिर पाकिस्तानका प्रधानमन्त्री इमरान खान काश्मीरको स्वायत्तता समाप्त गरेको विरोधमा विश्वभरका मुस्लिम देशहरुलाई एक्तावद्ध गर्ने प्रयासमा छन् । अर्कोतर्फ मध्यपूर्वको अहम् मानिने इस्लामिक देश संयुक्त अरब ईमिरेट्स (यूएई) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आप्mनो सर्वोच्च नागरिक सम्मान ‘अर्डर अफ जायेद’ बाट सम्मानित गरेको छ । 

१४ अगष्टमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तान प्रशासित काश्मीरको मुजफ्फराबादमा संसदलाई सम्बोधन गर्दै भनेका थिए– काश्मीरको विषयमा विश्वभरका सवा अर्ब मुसलमान एकजुट छन् तर दुर्भाग्य शासक चुप छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

अबुधाबीका क्राउन प्रिन्सले भारतीय प्रधानमन्त्री मोदीको यूएई भ्रमणमा क्रममा भनेका छन्– म अत्यन्तै कृतज्ञ छु, मेरा भाइ आप्mनो अर्को घर अबुधाबी (संयुक्त अरब ईमिरेट्सको राजधानी) आएका छन् । 

यसअघि यूएईले ‘अर्डर अफ जायेद’ सम्मानबाट रूसी राष्ट्रपति भ्लादिमीर पुटिन, महारानी एलिजाबेथ द्वितीय र चीनका राष्ट्रपति शी जिनपिङलाई मात्र सम्मानित गरेको थियो । ‘अर्डर अफ जायेद’ सम्मान ग्रहणपछि मोदीले आफूले गौरवान्वित महसुस गरेको प्रतिक्रिया दिएका छन् । 

Global Ime bank

उता पाकिस्तानमा यो घटनाक्रमलाई लिएर राजनीतिदेखि मिडियासम्म चर्चा चुलिएको छ । पाकिस्तानी मिडियामा काश्मीरमा भारतले एकतर्फी निर्णय गरेकै समयमा यूएईले सम्मानित गरेको भन्दै आलोचना भइरहेको छ । 

पाकिस्तानको प्रमुख अखवार ‘डन’ ले लेखेको छ, “अर्डर अफ जायेदमा मोदीको ईन्ट्रीले संयुक्त अरब ईमिरेट्सका लागि भारतले कुन महत्व राख्दछ भन्ने कुराको पुष्टि भएको छ । भारत कच्चा तेलको तेस्रो ठूलो आयातकर्ता देश हो । भारत विश्वको ठूलो उपभोक्ता बजारमा एक हो र यूएईमा ठूलो संख्यामा भारतीय काम गर्छन् । यद्यपि कयौं एक्टिभिस्टहरुलाई यूएईको यो कदम चित्त बुझेको छैन । बेरूतका एक मानवाधिकारकर्मी समाह हदीदले लेखेका छन् कि खाडीका कयौं देश आर्थिक फाइदाका आधारमा मोदीको विरोध गर्न सकिरहेका छैनन् । उनीहरु मानवाधिकार उल्लंघनका अगाडि आर्थिक अवसरलाई महत्व दिइरहेका छन् ।”

यूएईले भारतीय प्रधानमन्त्री मोदीलाई उक्त सम्मान दिएको केही घण्टापछि नै पाकिस्तानी सीनेटका अध्यक्ष सादिक सनर्जानीले यूएई भ्रमण रद्द गरेका छन् । सादिकले आफ्नो बयानमा भनेका छन्, “मोदीको निर्णयका कारण काश्मीरी मुसलमानमाथि अन्याय भइरहेको छ । उनलाई यूएईले आफ्नो सर्वोच्च नागरिक सम्मान दिएको छ । यस्तो अवस्थामों यूएई जानु काश्मीरी आमा, बहिनी र वृद्धवृद्धाप्रति अन्याय हुन्छ ।” 

बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ८, २०७६  १२:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC