site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
धार्मिक मान्दिनन् विद्या बालन आफूलाई
Sarbottam CementSarbottam Cement

मुम्बई । बलिउडकी चर्चित अभिनेत्री विद्या बालनको भनाइ छ धर्म र विज्ञानमा मतान्तर वा टकराव हुनुको साटो दुवै एकैसाथ रहन सक्छन् ।

विद्या बालनले समाचार एजेन्सी पीटीआईलाई दिएको अन्तर्वार्तामा भनेकी छन्, एक व्यक्तिको पहिचान अनेकौ हुन सक्छ । तर जसरी मानिसले धर्मलाई आफ्नो सुविधा अनुसार तोडमोड गरेको देखिँदै आएको छ, त्यो आफैंमा ठूलो समस्या हो ।

विद्या भन्छिन्, “मलाई लाग्छ जसरी मानिसले धर्मको व्याख्या गरिरहेका छन्, त्यही नै समस्या हो । मैले कतिपय यस्ता मानिस पनि देखेकी छु, जसले आफू धार्मिक भएको भन्दैनन् । त्यसबाट पन्छिँदै आएका छन् । म पनि त्यसैमध्येको एक हुँ । मलाई हरसमय यस्तो लाग्थ्यो, म कसैलाई नबताउँ कि म धार्मिक हुँ । म आफूलाई आध्यात्मिक बताउँछु । आज धर्मलाई एक किसिमको नकारात्मक विषयका रुपमा हेर्न थालिएको छ । किनभने धार्मिक हुनु असहिष्णु हुनु जस्तो भइदिएको छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

फिल्म ‘मिशन मंगल’मा विद्या बालन तारा शिन्देको भूमिकामा देखिएकी छन् । उनको यो पात्रले विज्ञानमाथि विश्वास त गर्छ नै, साथै विज्ञानभन्दा पर ईश्वरको शक्तिमा पनि विश्वास गर्छ ।

विद्या बालन भन्छिन्, “अहिले ‘म’ र ‘तिमी’को बहस चुलिँदै गएको छ । यसले गर्दा ‘हामी’को अवधारणा कमजोर बन्दै गएको छ । यस्तो केवल हाम्रो मात्रै देशमा मात्रै भइरहेको छैन । सारा विश्व ‘तिमी’ हैन ‘म’ को लडार्इँमा उल्झिएको छ । यसको परिणामकै कारण ‘हामी’ को अवधारणा कमजारे हुँदै गएको हो । मलाई आश्चर्य लागि रहेको छ कि यस्तो किन भइरहेको छ ? संशोधन कम हो वा संशोधन भएर पनि त्यहाँसम्म मानिसको पहुँच कम हुँदै गएको हो ? अथवा मानिसको चाहना त्यस्तो हुँदैगएको हो ! संशोधन तिनले ति व्यक्तिलाई मात्रै बाँड्न चाहेका छन् जसलाई धर्म, भाषा, क्षेत्र वा नस्लका आधारमा आफ्नो नजिक पाउँछन् । सायद यसै कारण मानिस गोलबद्ध भइरहेका छन् !...”

Global Ime bank

विद्या भन्छिन्, “हामीले आफैसँग यो प्रश्न गर्नुपर्ने अवस्था छ कि हाम्रो विचार कति स्वतन्त्र छ । स्वतन्त्रता कहाँ छ ? मलाई लाग्छ, हामी स्वतन्त्र रहन चाहन्छौँ तर अरुलाई नियन्त्रणमा पनि राख्न खोज्छौँ । मेरा लागि यो स्वतन्त्रता होइन । कतिपय गलत कुरा जुन हाम्रा अगाडि घट्दै आएका छन्, त्यो देखेर रिस उठ्छ । ट्वीटरमै पनि हेर्नुस्, केही भन्यो कि मानिस रिसाइहाल्छन् ।”

विद्या बालन अभिनीत फिल्म मिशन मंगल प्रदर्शनमा आइसकेको छ । यस फिल्ममा अक्षय कुमार, विद्या बालन, तापसी पन्नु, सोनाक्षी सिन्हा, नित्या मेनन, कीर्ति कुल्हारीको मूख्य भूमिका रहेको छ ।

विद्याका अनुसार उनको भूमिका एक गृहिणीको रहेको छ जो आफ्नो अनुभवलाई आफ्नो काममा प्रयोग गर्ने प्रयास गर्छिन् । विद्याले निर्देशक जगन शक्तिले गरेको अनुसन्धानमाथि पूर्ण विश्वास गरेको बताइन् ।

विद्या भन्छिन्, “मैले निर्देशककी बहिनीसँग कुरा पनि गरेँ । उनी इसरोमा काम गर्छिन् । मेरा लागि यो बुझ्नु जरुरी थियो कि उनी आफ्नो घर र अफिस अर्थात् घरकी गृहिणी तथा वैज्ञानिकका रुपमा कसरी सन्तुलन कायम गर्छिन् । फिल्मका लागि जगनले सयौं वैज्ञानिकहरूसँग भेटघाट गरेका थिए । र मिशनका लागि आवश्यक जानकारी बटुलेका थिए ।”

यस फिल्ममा भारत मंगलसम्म पुगेको यात्रा अर्थात् मार्स अर्बिटर मिशनको उपलब्धि देखाइएको छ । विद्या बालनको भनाई छ– यस्ता अरू पनि कथामा फिल्म बन्नुपर्छ । 

(बीबीसी)

 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ८, २०७६  १२:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC