site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेकपामा प्रचण्डको सक्रियता बढ्यो, पूर्वएमालेभित्रको विवाद मिलाउन पहल लिँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सक्रियता बढेको छ । अर्का अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुर गएसँगै कार्यकारी भूमिका निर्वाह गर्न पाएका प्रचण्डले नेताहरूबीच भेटघाटलाई तीव्रता दिएका छन् ।

अध्यक्ष प्रचण्डले शुक्रबार बिहान पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरे । नेता नेपाल पार्टीको पछिल्लो कार्यविभाजन तथा वरीयता हेरफेरप्रति असन्तुष्ट रहँदै आएका छन् । 

असन्तुष्टिकै बीच बसेको बिहीबारको सचिवालय बैठक पनि अध्यक्ष ओली र नेता नेपालबीच गलफत्तीमा परिणत भयो । पूर्वएमालेबीच बढेको ध्रुवीकरण र रिक्तता मेटाउन अध्यक्ष प्रचण्डले भूमिका खेल्न थालेको नेकपाका नेताहरु बताउँछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

गएको पुसमा बसेको पार्टी स्थायी कमिटीको बैठकमा पनि प्रचण्डले यस्तै भूमिका निर्वाह गरेका थिए । गत मंसिर २९ गतेदेखि पुस १३ गतेसम्म चलेको बैठकमा ओलीको कार्यशैलीलाई लिएर पूर्वएमालेका नेताले चर्को आलोचना गरे । वामदेव गौतमले त १६ बुँदे लिखित धारणा नै पेस गरे ।

बैठकको अन्तिममा अध्यक्ष प्रचण्डले विवाद मत्थर पार्न मध्यमार्गी भूमिका खेलेका थिए ।

Global Ime bank

“पार्टीभित्रका नेताहरूसँग अनौपचारिक संवाद भइरहेको छ । पार्टीभित्र देखिएका असन्तुष्टि मिलाउन उहाँको प्रयत्न छ । तिक्तता मेटाएर जानुपर्छ भन्ने उहाँको मत छ,” पार्टी स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले भने ।

शुक्रबारको भेटमा भदौ एक गतेको निर्णयको सर्कुलर जारी गर्ने विषयमा छलफल भएको नेपाल निकट नेताहरूले जानकारी दिए । “शुक्रबारको भेटमा पछिल्लो निर्णयको सर्कुलर जारी गर्ने विषयमा छलफल भयो ।त्यस्तै, जनसङ्गठनमा केही सिनियर केन्द्रीय सदस्यलाई सहइन्चार्ज बनाउने बारेमा पनि अध्यक्ष र वरिष्ठ नेताबीच छलफल भएको छ,” नेपाल निकट स्रोतले बाह्रखरीसँग भन्यो ।

अध्यक्ष प्रचण्डले आइतबार बिहान राष्ट्रपति विद्या भण्डारीसँग पनि भेटवार्ता गरेका छन् । नेकपाभित्रको विवाद मिलाउनसमेत सक्रिय रहेकी भण्डारीसँग राजनीतिक गफ भएको बताइए पनि मूर्त कुरा बाहिर आएको छैन ।

तथापि राष्ट्रपतिसँगको भेटलाई पनि प्रचण्डको सक्रियतासँग जोडेर हेरिएको छ । प्रचण्ड निकट स्रोतले जानकारी दिएअनुसार सोमबार सचिवालयको बैठक बोलाउने तयारी छ । एकता प्रक्रिया अन्तिममा पुगे पनि नेकपाका दुई निकाय, जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद् गठन भएको छैन । कानुन, लेखा र अनुशासन आयोग पनि गठन भएको छैन ।

गत बिहीबारको सचिवालय बैठकले बैठक बसेर निर्णय गर्ने अधिकार प्रचण्डलाई दिएको छ । तर, सर्वसम्मतिले निर्णय गर्नुपर्ने अध्यक्ष ओलीको आग्रहअनुरूप प्रचण्डले नेताहरूसँग सल्लाह, परामर्श लिइरहेको उनी निकट स्रोतको दाबी छ ।

“अध्यक्ष प्रचण्डले बैठकको गृहकार्य गरिरहनुभएको छ, सचिवालयको बैठक छिट्टै बस्छ,” नेता पौडेलको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ८, २०७६  १६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC