site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नाडा अटो शोमा दुई नयाँसहित महिन्द्राका चार गाडी (विशेषतासहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । यही भदौ १० गतेदेखि राजधानीमा सुरु हुने नाडा अटो शोमा महिन्द्राले २ वटा नयाँसहित ४ वटा गाडीहरु शोकेस गर्ने भएको छ । महिन्द्रा एन्ड महिन्द्राको आधिकारिक वितरक अग्नी इन्कर्पोरेटेडले यस पटकको नाडा अटो शोमा एक्सयूभी ३०० र नयाँ एमपीभी मराजो सहित टीयूभी ३०० र स्कर्पीयो पिकअप राख्ने जानकारी गराएको हो ।

यस पटकको अटो शोमा महिन्द्राको सब फोर मिटर एसयूभी एक्सयूभी ३०० र नयाँ एमपीभी मराजो विशेष आकर्षणको रुपमा रहने कम्पनीको दाबी छ । भारतीय बजारमा अध्याधिक रुचाइएको सबकम्प्याक्ट एक्सयूभी ३०० कम्पनीको लेटेस्ट डिजाइन र अत्याधुनिक सेग्मेन्ट फस्ट थुप्रै विशेषतासहित आएको नयाँ एसयूभी हो । यो एसयूभी डब्लु ४, डब्लु ६, डब्लु ८ र डब्लु ८ (अप्सनल) गरि चारवटा भेरियन्टमा उपलब्ध हुनेछ ।
महिन्द्राका अनुसार एक्सयूभी ३०० मा थुप्रै सेग्मेन्ट फस्ट सेफ्टी फिचर समेत दिइएको छ । यसका साथै यसको ‘सिक्स स्पिड ट्रान्समिसन’ प्रणालीले कुशलतापूर्वक इन्जिनको शक्ति उपयोग गर्छ र व्यापक सञ्चालनका तहमा टर्क उपलब्ध गराइ रोमाञ्चकता प्रदान गर्दछ । सात एयरब्याग, चारै चक्कामा डिस्क–ब्रेक, १७ इन्च अलोय–ह्वील, ईबीडी तथा एबीएसजस्ता अत्याधुनिक विशेषताले एक्सयूभी–३०० निकै सुरक्षीत गाडी बनाएको छ ।
नयाँ एसयूभी १.२ लि टर्बो पेट्रोल इन्जिन जसमा ८१ केडब्लू (११० बीएचपी) पावर र २०० एनएम टर्क र १.५ लि टर्बो डिजल इन्जिन जसमा विद्युतीय भेरिएबल जिओमेट्री चार्टरसहित ८५.८ केडब्लू (११५ बीएचपी) पावर र ३०० एनएम टर्क गरि दुईवटा इन्जिन अफ्सनमा उपलब्ध रहने छ । एक्सयूभी ३०० कम्फर्ट मोडमा सहरी ट्राफिकमा सहजतापूर्वक सञ्चालन गर्ने सुविधा प्राप्त हुन्छ भने स्पोर्ट मोर्डले उच्च गति र जोसका लागि आवश्यकता पूरा गर्दछ ।

त्यस्तै महिन्द्रा मराजो कम्पनीको अहिलेसम्मको सबैभन्दा ठूलो प्यासेन्जर भेइकल हो । यो गाडीलाई ७ र ८ सिट अप्सनमा बजारमा उपलब्ध गराइएको छ । यो गाडि सार्क माछाबाट प्रेरित भएर बनाइएको एक आधुनिक मल्टिपर्पोज भेहिकल (एमपीभी) हो । होटल, ट्राभल एजेन्सी र फेमिली कारको रुपमा समेत प्रयोग हुन सकिने यो एमपीभीमा आधुनिक फिचर रहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

मराजोका सबै भेरिएन्टमा एबीएस र ईबीडी तथा ब्रेक असिस्ट, स्ट्यान्डर्ड फिचरको रुपमा दुईवटा एयरब्याग तथा चाइल्ड सिटलगायतका सुरक्षा फिचर छन् । मराजोको क्याविनको छतमा एयर कन्डिसनिङ भेन्ट सिस्टम रहेकोले पछाडि बस्ने यात्रुहरुलाई पनि एसिको हावा सजिलै पुग्दछ । यो एमपीभीको सेन्टर कन्सोलमा ठूलो टचस्क्रिन सहितको इन्फोटेनमेन्ट सिस्टम रहेको छ ।

Global Ime bank

यो गाडीमा थ्री–स्पोक स्टेयरिङ ह्वील रहेको छ, जसमा अडियो, ब्लू–टुथ टेलेफोर्निक र क्रुज कन्ट्रोलको सुविधा रहेको छ । महिन्द्रा मराजोमा नयाँ १.५ लिटरको ४ सिलिन्डर डिजेल इन्जिन उपलब्ध रहेको छ ।

नेपाली बजारमा उपलब्ध विभिन्न कम्पनीका पिकअप मध्येको सबैभन्दा सफल पिकअप हो महिन्द्रा स्कर्पियो । अफरोड वा एडभेन्चर यात्राका लागि पिकअप एकदमै उपयोगी हुन्छ । किनकी पिकअपमा यात्रृका लागि आरामदायी सिटका साथै सामान राख्नका लागि पछाडिको भागमा ठूलो स्पेस रहेको हुन्छ । महिन्द्राको स्कर्पियो पिकअपमा सबै चक्कामा बराबर पावर डिष्ट्रिव्युट भएर गुड्ने भएकाले केही सामानसहित धेरै अफरोड यात्रा गर्नेहरु माझ लोकप्रिय भएको छ ।

यसैगरी नाडामा उपलब्ध हुने अको गाडी हो, महिन्द्रा स्कर्पियो पिकअप । स्कर्पियोको प्लेटफर्ममा बनेको महिन्द्रा पिकअपमा चार सिलिन्डरयुक्त २.२ लिटर टर्बो डिजेल एमहक इन्जिन रहेको छ । नेपाली बजारमा स्कर्पियो पिकअप विभिन्न ३ भेरियन्टमा उपलब्ध छन् । स्कर्पियो पिकअप फुलअप्सन गाडी हो । डबल क्याबमा उपलब्ध पिकअप तीन मोडल एस–६ टु–ह्वील ड्राइभ, एस–६ फोरह्वील ड्राइभ र एस–१० छन् । एस–१० मा ह्यान्ड रेस्ट, अटोमेटिक हेड ल्याम्प, क्रुज कन्ट्रोललगायत विशेषता रहेको छ ।

यसैगरी टीयूभी ३०० नेपाली बजारमा परिचीत एसयूभी हो । यो एसयूभीमा ७ सिटिङ क्षमता भएको एक बोल्ड एसयूभी हो । रियर ह्वील ड्राइभ भएकोले यो एसयूभी नेपालका उकालो आरोलोका साथै कच्ची बाटामा एकदमै राम्रो प्रफर्मेन्स रहेको छ । ४० लाखमै खरिद गर्न सकिने यो एसयूभीमा अगाडि दुवै साइडमा एयरब्याग, लेदर सिट, रुफ रेल, अलोय ह्वील र आकर्षक इन्टेरियर रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ८, २०७६  १६:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC