site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
फिटकिरी सेवा सञ्चालनमा
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । विभिन्न सेवाहरु बिस्तारै डिजिटल रुपमा परिवर्तन भइरहँदा बजारको आवश्यक्तालाई मध्यनजर गर्दै फिटकिरी डटकम शुरु भएको छ ।  फिटकिरी डटकम निशुल्क अनलाइन बर्गिकृत विज्ञापन गर्न सकिने माध्यम हो ।  आफ्नो पुरानो तथा नयाँ सामानको विज्ञापन गर्नु परेमा प्रयोगकर्ताले फिटकिरी डटकममा निशुल्क खाता बनाइ सामान, सेवा तथा जागिरको विज्ञापन गर्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अनलाइन सेवा फिटकिरी प्रयोगकर्ताले आफनो कम्प्युटर र मोवाइलबाट आफूलाई चाहिने पुरानो तथा नयाँ सामानहरु चयन गरि बिना एजेण्ट सिधा बिक्रेतासँग सम्पर्क गरि कारोबार गर्न सक्नेछन् ।  फिटकिरी डटकम एकदमै नौलो र सजिलो अनलाइन बर्गिकृत बिज्ञापन माध्यम भएको कुरा निर्देशक तुलसीराम पौडेलले बताए । 

एउटै विज्ञापनमा धेरै फोटोहरु अपलोड गर्न सकिने, सजिलै खोज्न सकिने, बर्गिकृत ट्याग र सफा डिजाइन फिटकिरी डटकमको बिशेषता रहेको कुरा पौडेल बताउँछन् ।  एकिकृत बर्गिकृत विज्ञापन सेवालाइ स्थापित गर्ने उद्देश्यले यो माध्यम विकास गरिएको जारी विज्ञप्तिमा जनाइएको छ । कर्मचारी चाहिएमा यो माध्यममा विज्ञापन गर्न र जागिर खान खोज्नेलाई जागिर खोज्न सकिने यसको अर्को मुख्य बिशेषता रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ८, २०७६  १७:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC